सुचना, समाचार र मनोरन्जन

विभत्स तालिवानी शासन फर्किने चिन्तामा अफगानी, देश छोड्नेको विमानस्थलमा लर्को {तस्बिरहरु}

  •  
  •  
  •  
  •  

इस्तानबुल /

तालीवानहरु पछिल्ला दुई दशकमा लडेकाहरुलाई समेत माफी दिने र सामान्य अवस्था आउने भन्दै काबुल गेटमा थुप्रिरहेका छन् ।२० वर्षसम्म अमेरिकी र नाटो सैनिकसँग लडेका तालिबानहरूले आइतबार फेरि राष्ट्रपति कार्यालयमा कब्जा जमाएका थिए।

तालिवानले कब्जा गरेको क्षेत्रका सरकारी कार्यलयहरु, पसलहरु र विद्यालयहरु अझै बन्द छन् । धेरै बासिन्दाहरु बाहिर कमैमात्रामा निस्कन सकेका छन् वा राजधानी काबुलतर्फ भाग्न थालेका छन् ।

धेरैले महिला, अल्पसंख्यक जातीय समुदायहरु, पत्रकारदेखि गैरसरकारी संस्थाका कामदारहरुले प्राप्त गरेको उपलब्धी गुमेर दुई दशक अगाडिकै अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता लिन थालेका छन् ।

उनीहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म शासन चलाउँदा  कडा कानुन लगाएका थिए। विशेष गरी महिलाहरूलाई १२ वर्षपछि पढ्न नदिने उनीहरूको नियम छ। त्यस्तै बजार निस्कँदा पनि पुरुष सहयोगी अनिवार्य चाहिन्छ।

तालिबानहरूले कस्तो शासन लगाउने हुन् भन्ने भयले सोमबार देश छोड्नेको विमानस्थलमा लर्को लागेको थियो। मानिसहरू विमानस्थलको पर्खाल नाघेर भित्र पसेका थिए भने अमेरिकी एयरफोर्सको जहाज टेकअफ हुँदासम्म जहाजमा चढ्न पाइन्छ कि भनेर धावनमार्गमा दौडिएका थिए।

तालिवान शासन भोगेका र तालिवान आधार क्षेत्रमा बसेकाहरु भने तालिवानले देशको अधिकांश भागहरु कब्जा गरेको भन्दै अन्तर्राष्ट्रिय फौजको बहिर्गमनबाट चिन्तित भएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय कब्जा गरेका तालिबान लडाकुहरू सोमबार काबुलको सुरक्षामा खटिएका थिए। उनीहरूले शहरका विभिन्न ठाउँमा ट्राफिक चेकिङ पनि गरेका थिए। काबुलको अधिकांश बजार-पसल भने सोमबार बन्द रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हेर्नुस् तस्बिरहरू :

कमेन्ट्स
Loading...