सुचना, समाचार र मनोरन्जन

वाथ तथा स्वतः प्रतीरक्षा रोग

  •  
  •  
  •  
  •  

वाथ रोग (जसलाई सामान्यत: प्रणालीगत स्वतः प्रतीरक्षा रोग पनि भनिन्छ) ले जोर्नी, मांसपेशी, हड्डी तथा भित्री अंगहरूलाई आक्रमण गर्दछ र पीडा, सुजन, कठोरता, अशक्तता तथा मृत्युको कारण पनि बन्न सक्दछ। स्वत: प्रतिरक्षा स्थितिहरू तब बन्छन् जब प्रतिरक्षा प्रणालीले शरीरको विभिन्न भागहरूमा अनावश्यक सूजन (inflammation) पठाउँदछ र क्षति पुर्याउँछ। यी रोगहरूले आँखा, छाला, स्नायु प्रणाली, र भित्री अंगहरू लाई पनि असर गर्न सक्छ।

समयमै उचित उपचार गरेमा, अशक्तता, अपाङ्गता र वाथ रोगको उपचारमा लाग्ने खर्च सबै कम गर्न सकिन्छ। यदि रोगका लक्षणहरुलाई वेवास्ता गरियो वा अधिक समयसम्म ठिकसँग उपचार गरिएन भने जोर्नी तथा भित्री अंगहरुमा क्षति पुग्न सक्छ। त्यस प्रकारका क्षतिलाई सँधै उपचारको माध्यमबाट उल्टाउन पनि सकिदैन र स्थायी हुन जान्छन्। तसर्थ उपयुक्त मूल्यांकन तथा उपचार गर्न ढिला गर्नु हुँदैन।

सामान्यत: हुने वाथ रोगहरु

अहिलेसम्म २०० भन्दा बढी विभिन्न वाथ रोगहरुको पहिचान भएको छ। ति मध्य सबैभन्दा सामन्यत: हुने निम्न छन्:

  • Rheumatoid Arthritis(RA) – गठिया वाथ
  • Osteoarthritis (OA) – जोर्नी खिइने
  • Lupus (SLE) – लुपस वाथ
  • Vasculitis – रक्तनलीको क्षति
  • Scleroderma (SSc) – स्क्लेरोडर्मा (छाला बाक्लो हुने)
  • Infectious Arthritis – संक्रामक आर्थ्राइटिस्
  • Anti-phospholipid Syndrome (APS) – रक्तनलीमा रगत जम्ने
  • Dermatomyositis/ (DM/PM) – छाला तथा/एवं मांशपेशिमा क्षति
  • Spondyloarthropathies (SpA) – ढाडको वाथ[Ankylosing spondylitis (AS) and Psoriatic arthritis (PsA)]
  • Sjogren’s Syndrome (SS) – शोग्रेन सिंड्रोम
  • Psoriasis – सोरियासिस
  • Gout – गाउट (युरिक एसिडले हुने वाथ)
  • Juvenile Idiopathic Arthritis (JIA) – किशोर अवस्थामा हुने अज्ञात आर्थ्राइटिस्
  • Polymyalgia Rheumatica (PMR) – वृद्धावस्थामा हुने जोर्नी तथा मांशपेशीमा हुने पिडा
  • Fibromyalgia (FM) – फाइब्रोमयाल्जिया
  • Recurrent Pregnancy Loss (RPL) – बाराम्बार गर्भपतन हुनु

वाथ तथा प्रतिरक्षा रोगका केही लक्षणहरु :

हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।

‌बिहान जोर्नीहरु करकर खाने।

बिस्तारै जोर्नीहरु र औंलाहरु बाङ्गिदै जाने।

‌चिसोमा औंलाको रंग परिवर्तन भई सेतो, निलो वा रातो हुने।

‌अनुहार, हात तथा शरीरका अन्य भागका छाला कस्सिने, नखुम्चिने र औंलाका टुप्पोमा घाउ हुने।

औंलाहरु निलो वा कालो भएर झर्ने।

बिना चोटपटक घाऊ आउने र सन्चो नहुने।

हातगोडा लुला हुने।

हात-‌खुट्टा झमझम गर्ने, पोल्ने, सिल्का हान्ने।

‌खोकी निको नहुने, खोक्दा रगत आउने र दम बढ्ने ।

‌आँखा सुख्खा, रातो हुने र बिझाउने।

‌मुख सुक्ने र गिजामा घाउ हुने।

‌मुख र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।

‌छालामा दागहरु आउने, कपाल झर्ने।

शरीर फुल्ने र चिलाउने।

लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।

बाराम्बार गर्भ तुहिने।

वाथ रोग विशेषज्ञ (Rheumatologist) नै किन?

जसरी क्यान्सर रोग विशेषज्ञ (Oncologist) ले क्यान्सरको उपचार गर्दछन् र हृदय रोग विशेषज्ञ (Cardiologist) ले मुटुको रेखदेख गर्दछन्, त्यसरी नै वाथ रोग विशेषज्ञ (Rheumatologist) वाथ रोग पत्ता लगाउन र उपचार गर्न विशेष प्रशिक्षण प्राप्त विशेषज्ञ हुन्।

उनीहरू वाथ रोगका लक्षणहरुको विस्तृत श्रृंखला, जसले शरीरको लगभग सबै अंगहरुलाई असर गरेको हुन्छ, त्यसलाई पहिचान गर्न र उपचार गर्न अद्वितीय रूपमा सक्षम हुन्छन्। उनीहरूको लक्ष्य रोगनिदान र बिरामीको जीवन गुणस्तरको सुधार रहेको हुन्छ। संक्षेपमा, वाथ रोग विशेषज्ञ वाथ रोगको उपचार गर्ने एकमात्र योग्य चिकित्सक हुन्।

परामर्श तथा उपचारको लागी:

गण्डकी प्रेदशकै पहिलो एवं एक मात्र वाथ तथा प्रतीरक्षा रोग विशेषज्ञ

डा. राम कृष्ण गिरी

मेघा हेल्थ केयर, सभागृह अगाडी (MidTown Galleria पछाडी), न्यु रोड, पोखरा।

फोन नं. ०६१-५८८६९५, ९८०६६४७०२७, ९८४०८३६५९६, ९८४५८१५२४६।

कमेन्ट्स
Loading...