सुचना, समाचार र मनोरन्जन
Election Commission V2

मजदुर आन्दोलनबाट उदाएका दामोदर, के छन् प्राथमिकता ?

पोखरा /

१३ वर्षको हुँदा कम्युनिष्ट पार्टीमा लागेका दामोदर पौडेल बैरागीको पछिल्लो चार दशक मजदुर, किसान, उत्पीडित श्रमजीवी वर्गको अधिकारको पक्षमा लाग्दालाग्दै बित्यो। जीवन नै मजदुर श्रमजीवी वर्गको आन्दोलन र पार्टीका लागि सुम्पेका उनले पहिलोपटक संसदीय चुनाव लड्न लागेका छन्। आगामी ४ मंसिरको चुनावमा ५६ वर्षीय दामोदर कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुन्।

को हुन् दामोदर ?

दामोदर कास्कीमा पार्टीका लागि निकै संघर्ष गरेका कम्युनिष्ट नेतामध्येका एक हुन् । २०२३ साल वैशाख ५ गते कास्कीको तत्कालीन सल्यान गाविस–९ मा जन्मिएका दामोदर एमालेका निष्ठावान् र पूर्णकालीन कार्यकर्ता हुन् । बुवा स्व. चक्रपाणि पाध्या र आमा तुलसी पाध्याका ९ जना सन्तानमध्ये दामोदर जेठो हुन् ।

दामोदर २०३६ सालको विद्यार्थी आन्दोलानले राजनीतितर्फ प्रेरित भएका थिए । उनी २०३७ सालमा प्रगतिशील मावि सल्यानको अनेरास्ववियु (एकता पाँचौँ)को सह प्रारम्भिक कमिटी सदस्य भए । २०३८ सालमा प्रारम्भिक कमिटीको सदस्य र सह प्रारम्भिक कमिटीको अध्यक्ष बने । २०३९ साल वैशाख १० गते नेकपा (माले)मार्फत दामोदर कम्युनिष्ट पार्टीमा औपचारिक ढंगले लागेका थिए ।

२०४० सालदेखि २०४३ सालसम्म अखिल नेपाल किसान संघमार्फत किसान भूमिगत भएरै राजनीतिमा सक्रिय थिए । दामोदर २०४० सालदेखि २०४६ साल चैतसम्म अर्ध भूमिगत थिए । २०४४ साल वैशाखदेखि मंसिरसम्म गोरखा छोटी हुलाकमा निमित्त प्रमुख भएर काम गरेको अनुभव पनि दामोदरसँग छ ।

पोखरा र यहाँ आसपासमात्रै होइन हिमालापारिको जिल्ला मुस्ताङसम्म पुगेर उनले किसान र श्रमजीविको पक्षमा काम गरेका छन् । २०४१ साल चैतदेखि २०४२ साल भदौसम्म मुस्ताङमा आफैँले कृषि फार्ममा काम गरेका थिए । मजदुर आन्दोलनले जन्माएको कुशल संगठक नेतामध्ये अग्रपंक्तिमा दामोदरको नाम आउँछ । मजदुर आन्दोलनको नेतृत्व गर्दै दामोदर मूलधारको राजनीतिमा आएका हुन् । २०४५ देखि २०५५ सालसम्म १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मार्फत मजदुर आन्दोलनमा सक्रिय रहे ।

पोखरा र यहाँ आसपासमात्रै होइन हिमालापारिको जिल्ला मुस्ताङसम्म पुगेर उनले किसान र श्रमजीविको पक्षमा काम गरेका छन् । २०४१ साल चैतदेखि २०४२ साल भदौसम्म मुस्ताङमा आफैँले कृषि फार्ममा काम गरेका थिए । मजदुर आन्दोलनले जन्माएको कुशल संगठक नेतामध्ये अग्रपंक्तिमा दामोदरको नाम आउँछ । मजदुर आन्दोलनको नेतृत्व गर्दै दामोदर मूलधारको राजनीतिमा आएका हुन् । २०४५ देखि २०५५ सालसम्म १० वर्ष नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)मार्फत मजदुर आन्दोलनमा सक्रिय रहे । २०५३ साल वैशाखमा भएको नेकपा एमाले कास्कीको चौँथो जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका उनले त्यतिबेला मजदुर ईलाका इन्चार्जको जिम्मा पाएका थिए ।

२०५५ सालपछिको चार वर्ष पिपुल्स भोलेन्टियर्स (पीभी)मार्फत स्वयंसेवा, सुरक्षा र विपत् व्यवस्थापनमा सक्रिय रहे । उनी २०५३ साल वैशाखमा चौँथो जिल्ला अधिवेशनबाट नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य भएका थिए । पार्टी मजदुर ईलाका इन्चार्ज, पार्टी स्कुल विभाग सदस्य, अतिरिक्त क्रियाकलाप विभाग प्रमुख, संगठन विभाग सदस्य तथा प्रमुख हुँदै २०७० सालमा पार्टीको जिल्ला सचिव बने । २०७० साल माघदेखि २०७६ साल वैशाखसम्म कास्की जिल्ला कमिटी सचिव थिए ।

राजनीतिक जीवनको विभिन्न कालखण्डका आन्दोलानमा कहिले पञ्च, कहिले सुरक्षाकर्मीसँग उनको मुठभेड परिरह्यो । २०४२ साल मंसिरमा गाउँमा पञ्चहरुसँग मुठभेड हुँदा टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका थिए । २०४६ साल चैतमा पञ्चहरुसँगको भीडन्तमा दामोदरलाई टाउको, दाहिने हात र दाहिने खुट्टामा गम्भिर चोट लागेको थियो।

२०५० सालको उपनिर्वाचनमा काठमाडौं बानेश्वरमा कांग्रेससँग भीडन्त हुँदा घाइते बनेका दामोदरको २०६० साल वैशाखको संयुक्त आन्दोलनमा सेनाको कमाण्डोसँग मुठभेड परेको थियो । त्यतिबेला टाउकोमा गम्भीर चोट लागेको थियो । उनले राज्यको तर्फबाट यातना पनि भोगेका छन् । २०६१ साल वैशाखमा सेनाले अपहरण गरी बकंरमा चरम यातना दिएको थियो।

२०५० सालको उपनिर्वाचनमा काठमाडौं बानेश्वरमा कांग्रेससँग भीडन्त हुँदा घाइते बनेका दामोदरको २०६० साल वैशाखको संयुक्त आन्दोलनमा सेनाको कमाण्डोसँग मुठभेड परेको थियो । त्यतिबेला टाउकोमा गम्भीर चोट लागेको थियो । उनले राज्यको तर्फबाट यातना पनि भोगेका छन् । २०६१ साल वैशाखमा सेनाले अपहरण गरी बकंरमा चरम यातना दिएको थियो।

उनी व्यवसाय गरेर अर्थोपार्जन गरेका नेता होइनन् । सिद्धान्तबाट विचलित नभई संगठन र परिवर्तनका लागि निष्ठाको राजनीति गरिरहे । हरेक आन्दोलनमा अगुवाइ गरिरहँदा पटकपटक मुठभेड, कतिपय बेला जीवनको आश नै मार्ने गरी घाइते भए । परिवर्तनका लागि भएको २०४० साल यताका हरेक आन्दोलनमा उनको उपस्थिति रहिरह्यो।

दामोदर भूमिसम्बन्धी समस्या समाधान आयोग कास्कीको अध्यक्ष भएर २०७७ साल माघदेखि ५ महिना काम गरेका थिए। भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा दिलाउन तथ्यांक संकलन गर्दागर्दै आयोग नै खारेज भएपछि दामोदर पुनः पार्टीको संगठन निर्माण र नेतृत्वको जिम्मामा फर्किएका थिए।

के छन् प्राथमिकता ?

दामोदरको मुख्य प्राथमिकता पर्यटन र कृषिमैत्री वातावरण बनाउन सरकारलाई झक्झकाइराख्ने छ । त्यसबाहेक मजदुर, खेलकुद, युवा, महिला, उत्पीडित लक्षित उद्यमशीलता, रोजगार, भैतिक पूर्वाधार, व्यावहारिक शिक्षा र स्वास्थ्य जनताको पहुँचमा पु¥याउन संसदमार्फत सरकारलाई खबरदारी गर्ने एजेण्डासहित दामोदर पहिलोपटक चुनावी मैदानमा छन्।

कास्की क्षेत्र नम्बर ३ मा फेवाताल, अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल बेस क्याम्प, पञ्चासे, कश्यप धाम, पञ्चासे, पुम्दीकोट, घान्द्रुक, लान्द्रुक, धम्पुसजस्ता कास्कीमा पर्यटक भुल्ने अधिकांश ठाउँ र गाउँ पर्छन्। उनी यी गन्तव्यमा पर्यटकको आवागमन कसरी बढाउन सकिन्छ, सरकारले त्यसमा के भूमिका खेल्न सक्छ भन्ने खोजी र सरकारमार्फत कार्यान्वयन गर्न चाहन्छन् । पर्यटनको बसाइँ लम्ब्याउन फेवाताल आउने पर्यटकलाई कास्कीकोटदेखि पञ्चासेसम्म लैजान आवश्यक रहेको उम्मेद्वार पौडेल बताउँछन् । त्यसका लागि गन्तव्य पहिचान र प्रवद्र्धनका योजना ल्याउने उम्मेद्वार बैरागीले सुनाए।

योजना, विवादरहित विगत, जनतासँगको निरन्तरको सम्पर्क र आन्दोलनमा सुम्पेको जीवनबारे बुझेर कस्केली जनताले सूर्य चुनाव चिन्हमा मत दिनेमा दामोदर आशावादी छन् । सर्वदलीय समन्वयको आधारमा जनताका समस्या समाधान गर्नुपर्ने बताउँछन् । जस्तैः कुनै ठाउँमा जनताले केही समस्या भएको गुनसो गरे त्यसलाई सबै दल मिलेर समाधान गर्ने विकल्प खोज्ने गरी आफू अघि बढ्ने दामोदरको भनाइ छ ।

आफूले अघि सारेका योजना, विवादरहित विगत, जनतासँगको निरन्तरको सम्पर्क र आन्दोलनमा सुम्पेको जीवनबारे बुझेर कस्केली जनताले सूर्य चुनाव चिन्हमा मत दिनेमा दामोदर आशावादी छन् । सर्वदलीय समन्वयको आधारमा जनताका समस्या समाधान गर्नुपर्ने बताउँछन् । जस्तैः कुनै ठाउँमा जनताले केही समस्या भएको गुनसो गरे त्यसलाई सबै दल मिलेर समाधान गर्ने विकल्प खोज्ने गरी आफू अघि बढ्ने दामोदरको भनाइ छ । ‘माननीयलाई खोज्दै हिँड्न नपरोस् । जुन पार्टीबाट निर्वाचित भएको हो त्यही पार्टीको टोल कमिटीमा फाइल बुझाएपछि माननीयको पुग्ने खालको व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्थानीय अरू दलको नेता पनि त्यसमा सहभागी हुनुपर्ने अर्थात् सर्वदलीय, सर्वपक्षीय अवधारणामा काम होस् भन्ने पक्षमा हामी छौँ।’

काम पाउन कम रकममा ठेक्का लिने र गुणस्तरहीन काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको उनले सुनाए । त्यसका लागि आफू कानुन संशोधनको पक्षमा उभिने र राम्रो काम गर्नेलाई विकास निर्माणको काममा संलग्न गराउनुपर्ने दामोदर बताउँछन् । ‘गुणस्तरीय काम होस्, ठेक्का लिने, काम गर्ने सबैको जीवन चलोस् भन्ने पक्षमा म छु । त्यो थोरैमा ठेक्का लिएर कमसल काम गर्नुहुँदैन भन्ने मेरो मान्यता हो,’ उनले भने।

कृषि, जल र वनजंगलमा आधारित उद्योगको स्थापित गर्न आफूले भूमिका खेल्ने उनले सुनाए । सडक विकास, कृषि उत्पादनसम्बन्धी उद्योग स्थापना, खानेपानी सुविधा, साहसिक पूर्वाधार निर्माणमा साथ दिने, पर्यटन उद्योगमैत्री नीतिको पक्षमा दामोदर छन्।

कमेन्ट्स
Loading...