पोखरा /
अन्तत: पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालय लगायत ३२ वटा सटरहरूमा महानगरपालिकाले डोजर चलाएको छ। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो।
महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने निर्णय गरेको थियो।
महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ। महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन्। त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको भन्दै महानगरले ग्यालरी हटाएर पार्किङस्थल बनाउन लागेको हो।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ। तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ । ३२ वटा सटरहरूमध्ये केहीबाट उठाउन बाँकी भाडाको रकम उठाइसकिएको र नउठेकाहरूको हकमा जो जसले प्रयोगमा ल्याउँदै आएका थिए उनीहरूको लगत संकलन गरी महानगरलाई बुझाउन पर्ने रकम अनिवार्य बुझाउन भनिएको मेयर आचार्यले बताए।
महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ। महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन्। त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको भन्दै महानगरले ग्यालरी हटाएर पार्किङस्थल बनाउन लागेको हो।
उक्त स्थान पूर्ण रूपमा खालि गराएर सुन्दर पार्क बनाउने अभियानमा महानगर लाग्ने मेयर आचार्यको भनाई छ । यो क्षेत्र खालि गराउने अभियानमा वडा अध्यक्ष दिपेन्द्र मर्सानी सक्रिय रूपमा खटिएका छन् ।
उक्त स्थान पूर्ण रूपमा खालि गराएर सुन्दर पार्क बनाउने अभियानमा महानगर लाग्ने मेयर आचार्यको भनाई छ । यो क्षेत्र खालि गराउने अभियानमा वडा अध्यक्ष दिपेन्द्र मर्सानी सक्रिय रूपमा खटिएका छन् ।यसअघि महानगरले त्यहाँका सटर खालि गर्न भन्दै ३५ दिने सूचना निकालेको थियो । सूचना प्रकाशित भएको ३६ औँ दिनमा आज महानगरले डोजर चलाएको हो।
हेर्नुहोस् तस्बिरहरु :
तस्बिरहरु: प्रेम थापा, परिचय