सुचना, समाचार र मनोरन्जन

वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोकर्ण कार्कीलाई तिनवटा व्यावसायिक संगठनको साथ

पोखरा /

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनको चुनावी मैदानमा होमिएका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीलाई पोखरास्थित तिनवटा व्यावसायिक संघसंगठनले सघाउने ऐक्यवद्धता गरेका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको सदस्य र सल्लाहकार गोकर्ण कार्कीलाई संघले वरिष्ठ उपाध्यक्षमा साथ र सहयोग गर्ने भएको हो । परिश्माञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनको सल्लाहकार भएर काम गरिसकेका कार्कीलाई एसोसिएसनले वरिष्ठ उपाध्यक्षमा समर्थन गरेको छ । त्यस्तै स्टिल फेब्रिकेटर एसोसिएसनले पनि कार्कीलाई सहयोग गर्ने जनाएको छ ।

आफू निर्वाचित भएमा पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको साझा घरका रूपमा स्थापित गर्ने, उद्योगी व्यवसायीले झेल्नु परेका समस्या र सास्तीलाई समाधान गर्ने प्रतिवद्धता गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा पोखरेली उद्योगी व्यावसायीहरूको साथ र समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको कार्कीले जनाएका छन् । आफू निर्वाचित भएमा पोखरा उद्योग वाणिज्य संघलाई सबै पोखरेलीको साझा घरका रूपमा स्थापित गर्ने, उद्योगी व्यवसायीले झेल्नु परेका समस्या र सास्तीलाई समाधान गर्ने प्रतिवद्धता गरेका छन् । विनित मेटल उद्योगका सञ्चालक कार्की संघमा निरन्तर सक्रिय रहेकाले विगतका चुनावमा जस्तै माया, सदभाव र सहयोग पाउने कुरामा ढुक्क छन् ।

संघले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रम पनि बुधबार सम्पन्न भइसकेको छ । दुई कार्यकाल उद्योग उपाध्यक्षमा निर्वाचित कार्की अनुभवी र खारिएका परिपक्क व्यक्तित्व हुन् ।

पोखरा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढेको बेला उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । संघले आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रम पनि बुधबार सम्पन्न भइसकेको छ । दुई कार्यकाल उद्योग उपाध्यक्षमा निर्वाचित कार्की अनुभवी र खारिएका परिपक्क व्यक्तित्व हुन् । भदौ २५ गते हुने संघको चुनावमा प्रक्रियागत रूपमै कार्की पवनकुमार प्रजापति अध्यक्ष रहेको प्यानलबाट वरिष्ठ उपाध्यक्षको रूपमा चुनावी मैदानमा उत्रिएका हुन् ।

कमेन्ट्स
Loading...