सुचना, समाचार र मनोरन्जन

यूरिक एसिड र बाथ रोगका लक्षणहरु : जोखिम र उपचार

डा. राम कृष्ण गिरी,
वाथ तथा प्रतीरक्षा रोग विशेषज्ञ/

गाउट, जसलाई युरिक एसिड (Uric acid) बाट हुने वाथ पनि भनिन्छ, बचतजचष्तष्क को एक प्रकार हो। यो जोर्नीमा यूरेट स्फटिक (urate crystals) जम्मा हुनाले हुन्छ। गाउटले अचानक आक्रमण गर्न सक्छ। प्राय: मध्य रातमा बुढी औंलामा आगो लागे जसरी ब्यूँझाउछ।

लक्षणहरू

  •  गाउटले सामान्यतया खुट्टाको बुढी औंलालाई असर गरे पनि यो कुनै पनि जोर्नीमा हुन सक्छ। अन्य प्रभावित जोर्नीमा, गोलिगाँठा, घुँडा, कुहिनो, नाडी र औंलाहरु हुन्। शुरूको ४ देखि १२ घण्टा भित्र दुखाई सब भन्दा धेरै हुन्छ र १ वा २ हप्ता सम्म रहन सक्छ।
  •  प्रभावित जोर्नी सुन्निने, कोमल, न्यानो र रातो हुन्छ। प्रभावित जोर्नी यति दुख्छ कि यसमा तन्नाको वजन पनि असहनीय लाग्छ। जोर्नीमाथिको छाला रातो वा बैजनी, कस्सिएको र चम्किलो हुन्छ।
    प्रभावित जोर्नी पुर्ण गतिमा चल्न असमर्थ हुन्छ।
  •  टोफाई (tophi)  छालामा युरेट स्फटिक जम्मा भएर बन्छ।

गाउट जोर्नीहरूमा मोनोसोडियम युरेट स्फटिक स्फटिक (monosodium urate crystal)  को जम्मा भएर हुन्छ। यो शरीरमा यूरिक एसिड (uric acid) को अत्याधिक मात्राले हुन्छ। सामान्यतया, यूरिक एसिड रगतमा घुल्छ र मिर्गौलाबाट पिसाबमा जान्छ। तर कहिलेकाँही शरीरले अत्याधिक यूरिक एसिड उत्पादन गर्दछ वा मृगौलाले अति न्यून यूरिक एसिड फाल्दछ। तब, यूरिक एसिडले जोर्नी वा त्यसको आसपास तीखो, सियो जस्तो युरेट स्फटिक बनाउँछ जसले दुखाइ र सूजन निम्त्याउँछ। शरीरमा पुरिन (purines) बाट यूरिक एसिड बन्छ। यद्यपि रगतमा युरेटको उच्च मात्रा हुँदैमा सबैलाई गाउट हुँदैन। शिघ्र उपचार र जीवनशैली परिवर्तन गरेमा, गाउट सजिलै नियन्त्रण गर्न सकिन्छ।

पुरिन प्राय:  पशुजन्य स्रोतहरु रातो मासु र भित्री अंगहरु कलेजो, मिर्गौला, मस्तिष्क, जिब्रो आदी सहित समुद्री खानामा पाइन्छ। मादक पेय पदार्थहरू, विशेष गरी बियर (beer)  र फ्रुक्टोज (fructose) हालेका मीठा पेय पदार्थले युरिक एसिड बढाउँछन।

जोखिम कारकहरु –

भोजन:  पुरिनले भरिपूर्ण आहार खाने, फ्रुक्टोज हालेका मीठा पेय पदार्थ पिउने र मदिरा सेवन विशेष गरी बियर सेवन गर्ने बानी।
वजन:  अधिक वजनदार शरीरले अत्याधिक यूरिक एसिड उत्पादन गर्दछ र मिर्गौलालाई यूरिक एसिड हटाउन कठिनाई पर्छ।
–  स्वास्थ्य अवस्था: उपचार नगरिएको उच्च रक्तचाप, मधुमेह, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, मुटु र मिर्गौला रोगहरू।
औषधिहरू: कम डोजको एस्पिरिन, thiazide diuretics, मुटुका औषधिहरु।

गाउटको पारिवारिक इतिहास।

उमेर र लिंग:  गाउट प्रायस् पुरुषहरूमा देखा पर्दछ, किनकि महिलाको शरीरमा पुरुषको तुलनामा यूरिक एसिडको स्तर कम हुन्छ। रजोनिवृत्ति ९mभलयउबगकभ० पछि महिलाको यूरिक एसिड पुरुषहरूको स्तरमा पुग्छ। पुरुषहरूलाई कम उमेरमै गाउट हुने सम्भावना बढी हुन्छ, सामान्यतया ३० र ५० वर्ष उमेरका बीच, जबकि महिलाहरूमा प्रायस् रजोनिवृत्ति पछि लक्षणहरू देखिन्छन्। कलिलो उमेरमा गाउट बिरलै हुन्छ, भएमा त्यो झन खराब हुन जान्छ।
–  निवर्तमान शल्यक्रिया वा चोटपटकले कहिलेकाँही गाउट निम्त्याउन सक्छ। कसैकसैलाई खोप लगाउँदा पनि गाउट हुन्छ।

जटिलताहरु –

–  गाउटको पुनरावृति (recurrent gout):  कसैलाई लगातार गाउट भैराख्छ भने कसैले फेरि कहिल्यै गाउटका लक्षणहरू भोग्नु पर्दैन। उपचार नगरिएमा गाउटले जोर्नीको क्षय र विनाश गराउन सक्छ।
– उन्नत गाउट (advanced gout): उपचार नगरिएको गाउटले छालाको मुनि टोफाई भनिने यूरेट यूरेट स्फटिकको सञ्चय हुन गई टोफाई बनाउन सक्छ, जुन औंलाहरू, हात, खुट्टा, कुहिनो वा गोलिगाँठाको पछाडि बन्न सक्छ। टोफाई प्रायः दुख्दैन तर गाउट हमलाको बेला सुन्निने र दुख्ने हुन सक्छन ।
– मृगौलाको पत्थरी: युरेट स्फटिकहरू गाउट भएका मान्छेहरूको मूत्रनलीमा जम्मा भई मृगौलाको पत्थरीको कारण बन्न सक्छन।

रोग परिक्षण –

– जोर्नीको तरल पदार्थ सुक्ष्मदर्शक यन्त्रमा जाँच गर्दा युरेट स्फटिकहरू देख्न सकिन्छ।
–  रगतमा यूरिक एसिडको मात्रा जाँच गरिन्छ। यसको नतिजा भ्रामक पनि हुन सक्छ। केहि व्यक्तिमा यूरिक एसिडको मात्रा उच्च हुन्छ, तर कहिल्यै गाउट हुँदैन र केहि व्यक्तिमा गाउटको लक्षणहरू भएता पनि रगतमा यूरिक एसिडको असामान्य स्तर हुँदैन।
–  जोर्नीको एक्स(रे (X- Ray) inflammation):  का अन्य कारणहरूलाई पत्ता लगाउन सहयोगी हुन सक्छ।
– अल्ट्रासाउन्ड (Ultrasound):  ले जोर्नी वा टोफाईमा युरेट स्फटिकहरू पत्ता लगाउँदछ।
–  Dual-energy computerized tomography (DECT) ले धेरै कोणबाट लिइएको एक्स(रे जोडेर युरेट स्फटिकहरू देखाउँछ।

उपचार –

गाउटका औषधिहरू दुई प्रकारका छन् र दुई फरक समस्याहरूमा केन्द्रित छन्। पहिलो प्रकारले गाउटसँग सम्बन्धित सूजन र दुखाइ कम गर्दछन् भने दोस्रो प्रकारले रगतमा यूरिक एसिडको मात्रा घटाएर गाउटका जटिलताहरू रोक्दछन ।

गाउट हमलाको उपचार गर्न औषधी

– NSAIDs

– कोल्छिसिन (Colchicine)

– स्टेरोइड (Corticosteroids)

गाउटका जटिलता रोक्न औषधी-

यस अन्तर्गत दुई थरीका औषधिहरु पर्दछन ।
–  यूरिक एसिड उत्पादन रोक्ने औषधि:  (Allopurinol) र फेबुक्सोस्टाट (Febuxostat) जस्ता औषधिले शरीरले बनाउने यूरिक एसिडको मात्रा कम गर्दछन ।
– युरिक एसिड हटाउने औषधि:  प्रोबेनेसिड (Probenecid) जस्ता औषधिहरूले मिर्गौलाको शरीरबाट यूरिक एसिड हटाउने क्षमतामा सुधार गर्दछन ।

गाउट हमलाका बेला, निम्न तरिकाले लक्षणहरू कम गर्न सकिन्छ

– प्रभावित क्षेत्रमा बरफ राखेर सुजन र दुखाई कम गर्न सकिन्छ।
– प्रभावित अंग उचालेर राख्नाले सूजन कम हुन्छ।
– प्रभावित जोर्निलाई आराम दिने।

जीवनशैली र घरेलु उपचार

गाउटको हमलाको उपचार गर्न र पुनरावृति रोक्न औषधी नै प्रभावकारी उपाय हो। यद्यपि जीवन शैलीमा परिवर्तन पनि उत्तिकै महत्त्वपूर्ण छन।
– स्वथ्यकर पेय पदार्थहरू पिउने। रक्सी नहालेको बियर समेत र फ्रुक्टोजयुक्त मिठा पेयपदार्थहरू नखाने। यसको सट्टा, धेरै मात्रामा गैर(मादक पेय पदार्थहरू पिउने, विशेष गरी पानी।
– पुरिनको मात्रा कम भएको खाद्य पदार्थ खाने। रातो मासु र भित्री अंग जस्तै कलेजोमा, समुन्द्री खानामा पुरिनको मात्रा उच्च हुन्छ। कम बोसोयुक्त दुग्ध पदार्थ गाउट प्रभावित मानिसहरूमा प्रोटीनको उत्तम स्रोत हुन सक्छ।
–  स्वथ्य र सन्तुलित आहार प्रशस्त खाने जसमा तरकारी, फलफूल र सिङ्गो अनाज (whole grains) तथा पक्षीजन्य उत्पादनहरु समावेश छन। संतृप्त बोसो (saturated fats) कम भएको खानेकुरा खाने।
–  नियमित व्यायाम गर्ने र वजन कम राख्ने। शरीरलाई स्वथ्य तौलमा राख्दा गाउटको जोखिम कम हुन्छ। जोर्नीमा कम प्रभाव पार्ने गतिविधिहरू गर्ने जस्तै हिड्ने, साइकल चलाउने र पौडी खेल्ने।

कमेन्ट्स
Loading...