सुचना, समाचार र मनोरन्जन

विदेशबाट फर्कदै ,कृषि कर्ममा जम्दै

कविता श्रेष्ठ /

रहरले हैन,करले विदेशिएकी हुँ। क्यार्नु छोरछोरी हुर्काउनु पर्यो ? अहिले भने ढुक्क छु । लामो सुस्केरा लिदै,गह भरि टिलपिल टिल पिल आशुं गर्दै मनको बह पोख्छिन् स्यांग्जा,फेदीखोलाकी २७ बर्षिया निरमाया परियार  तीन वर्षको साउदी अरबको बसाइ पछि अघिल्लो वर्ष उनी हातमा तीन लाख सहित नेपाल फर्किन् ”कोरोनाको बेला साहुले बस्न खान दिएनन्, नेपाल फर्काइहाले “उनी थप्छिन् ्साउदीबाट कमाइ गरेको तीन लाखले अहिले निरमायाले पहिरोले भत्किएको घरमात्र मर्मत गरेकी छैनन्, कुखुरा पालनबाट गतिलो आम्दानी पनि गरेकी छिन् । दुइ सय वट्टा कुखुरा पालनबाट अहिले उनी मासिक तीस हजार आम्दानी गर्छिन् ्दुइ छोरा र १ छोरीको परिवारको गुजारा टार्न अहिले उनीलाई गाह्रो भएको छैन।

दुइ सय वट्टा कुखुरा पालनबाट अहिले उनी मासिक तीस हजार आम्दानी गर्छिन् ्दुइ छोरा र १ छोरीको परिवारको गुजारा टार्न अहिले उनीलाई गाह्रो भएको छैन।

त्यसै गरी पर्वत, आर्थरकी ३४ बर्षिया सम्झना गुरुङ पनि अघिल्लो वर्ष कोरोनाकै समयमा कुवेतबाट नेपाल फर्केकी हुन् । कुवेतमा घरेलु कामदारको रुपमा ५ वर्ष काम गरेको अनुभव गुरुङको छ। “ विदेशमा सधै नेपाल याद आइरहने, बरु खोले, फाडो खानु परेनी नेपालनै बेश ,“ उनी धपक्क बलेको मुहार सहित भन्छिन्  उनीले अहिले बाँझो छाडेका तीन रोपनी जमिनमा खेती गर्न थालेकी छन् । अहिले उनी र उनको परिवार तरकारी बाली र धानखेतीमा व्यस्त छन् । उनी भन्छिन्, “आगामी दिनमा मौसम अनुसारको खेती गर्दैछु। दुख गरेर बाँझो जग्गालार्इ खेतीयोग्य बनाइसकेपछि गाउँमै बस्छु ।अब विदेश फर्किन्न “

त्यहि हुठ हठीले पुष्पालाई गाउँ फर्कायो ्रअहिले ४ रोपनी जमिनमा कृषि संगै कुखुरा र टर्की पालन व्यवसाय पनि गरेकी छिन्।

कोभिड(१९ को महामारी फैलिएसँगै कोरियाबाट नेपाल फर्किएकी पोखराकी २९ बर्षिया पुष्पा मल्लको कथा पनि निरमाया र सम्झना संग मेल खान्छ । उनी पनि अहिले जीविकोपार्जनकै लागि बाँझो खेतमा काम गर्न थालेकी छन् । उनी सानैदेखि माटोसँग लडीबुडी गर्न खुब रमाउँथिन्  “कोरियाका किसानले गरेको लोभलाग्दो कृषि देख्दा आफ्नै गाउँमा कृषि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो ,“ उनी थप्छिन् ्रत्यहि हुठ हठीले पुष्पालाई गाउँ फर्कायो ्रअहिले ४ रोपनी जमिनमा कृषि संगै कुखुरा र टर्की पालन व्यवसाय पनि गरेकी छिन्।

कोरोनाको मार संगै अवसर :

“कोरोनाभाइरसका कारण विदेशमा रोजगारी गुमाएर फर्कनेहरूले पनि तत्कालै रोजगारी पाउन गाह्रो हुने देखिएकाले उनीहरू गाउँघरमा नै कृषि क्षेत्रमा नै संलग्न हुने अवस्था छ।” नेपालमा झन्डै २५ लाख हेक्टर कृषियोग्य जमिन रहेको कृषि विद बेनी बहादुर बस्नेत बताउँछन्।

त्यसै गरी बसाइँसराइ, सिँचाइको अभाव, कृषि लागतमा वृद्धि र उत्पादनमा ह्रास जस्ता कारणले बाँझो रहेको गाउँ घरको खेती योग्य जमिन विदेशबाट फर्किएकाहरुका लागि रोजगारीको लोभलाग्दो माध्यम बनेको बस्नेतको भनाइ छ ्रसरकारले कल्पना गरेको आत्मनिर्भर अर्थतन्त्रको परिकल्पनालाई साकार पार्न समेत महिला उद्यमशीलताले विशेष भूमिका खेल्ने निश्चित रहेको बस्नेत थप्छन् ।

विदेशबाट फर्केका महिलाका निम्ति नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रुपैयाँसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको र यसले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खल्ने अधिकारकर्मी तथा सुरक्षितआप्रवासन परियोजनाका क्षेत्रीय संयोजक जुना के.सी बताउन्छिन् ।

विदेशबाट फर्केका महिलाका निम्ति नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रुपैयाँसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको र यसले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खल्ने अधिकारकर्मी तथा सुरक्षितआप्रवासन परियोजनाका क्षेत्रीय संयोजक जुना के.सी बताउन्छिन् ।

कोरोनाकालको प्रतिकुल अवस्थामा देशको अर्थतन्त्रले नै समस्या भोगिरहेको र विदेशबाट फर्केका महिलामा उद्यमशीलता विकास संगै सिपमुलक कार्यक्रम आवश्यक रहेको आप्रवासी महिला कामदार समूहका निबर्तमान अध्यक्ष बिजया राई श्रेष्ठको भनाइ छ ।

“विभिन्न राष्ट्रले श्रमिक कटौती गर्दा देशमा बेरोजगारी बढ्न गई सामाजिक विचलन आउन सक्ने भएकोले आप्रवासी महिला कामदारलाई निशुल्क कानुनी शिक्षा सहित दक्षता अभिबृद्धि आवश्यक छ ्र” आप्रवासी महिलाको उद्यमशीलाको विकास अहिलेको विषम् परिस्थितिमा देशका लागि सुवर्ण अवसर बन्न सक्ने श्रेष्ठको जोड रहेको छ ।

अब लिनुपर्ने बाटो :

विदेशबाट फर्केका दक्ष जनशक्तिलाई कृषिमा आकर्षित गरेर अहिलेसम्म बाँंझो रहेको जग्गाको पनि समुचित उपयोग भै गाउँं–गाउँंमै रोजगारी सृजना गर्न सकिने समाजशास्त्री शान्ति भुसाल सुझाउछिन् ्रसंकटलाई अवसरमा बदल्न सरकारले नेपाल फर्केका महिलालाई सिप, प्रबिधि तथा सुरक्षा विधिसहित कृषिमा प्रोत्साहन गर्न सके मुलुकको भावी अर्थतन्त्र सुरक्षित गर्ने बुद्धिमत्ता सावित हुने उनको सुझाव छ।

नेपाल सरकारले विदेशबाट फर्केका महिलाको उधमशिलता बिकास गर्दै उत्पादन गरेका वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्न स्थानीय,प्रदेश तथा संघिय सरकारबाट आर्थिक सहयोग अपरिहार्य रहेको महिला अधिकारकर्मी तथा बैदेशिक रोजगारका फोकल पर्सन माया गुरुङ बताउन्छिन् ।

नेपाल सरकारले विदेशबाट फर्केका महिलाको उधमशिलता बिकास गर्दै उत्पादन गरेका वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्न स्थानीय,प्रदेश तथा संघिय सरकारबाट आर्थिक सहयोग अपरिहार्य रहेको महिला अधिकारकर्मी तथा बैदेशिक रोजगारका फोकल पर्सन माया गुरुङ बताउन्छिन् ।

बजारमा केही लागत महंगो भए पनि उत्पादन भएका वस्तुको बिक्रीको जिम्मेवारी सरकारले लिएर महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षण गर्न सकिएमा नेपाल फर्केका महिलाहरुले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान गर्न सक्ने गुरुङ थप्छिन् ्रराज्य उनीहरुका लागि ल्याएका कार्यक्रममा पहुचं विस्तार गर्न प्रत्येक वडामा सम्पर्क व्यक्तिको व्यवस्था सहित विभिन्न नियामक निकायबाट झेल्ने समस्याहरुको समाधान गर्न समेत सरकारले विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

कमेन्ट्स
Loading...