सुचना, समाचार र मनोरन्जन

पर्यटनमा नथाकेकी ‘नतासा’

  •  
  •  
  •  
  •  

विमला भण्डारी /

पोखराको पर्यटन क्षेत्रको एउटा महत्वपूर्ण प्रडक्ट हो ‘अल्ट्रालाइट’ जहाज । कतिपयले यसलाई पुतली जहाज पनि भन्छन् । धेरैजसो बिहान र बेलुकीको समयमा पोखराको आकाशमा पाहुना सयर गराउने यो जहाज सन् १९९६ मा पहिलोपटक नेपाल भित्रिएको थियो ।

सन् १९९० को दशकमा पोखरामा अनुमानित वर्षमा ३० हजार विदेशी पाहुना आउँथे । त्यो संख्या करिब ३ लाख (कोरोना संक्रमण सुरु हुनु अघि) पुगेको व्यवसायीको अनुमान छ । सानो आकारको पाहुना आगमन हुँदा पनि त्यो बेलामा पनि पर्यटनमा सम्भावना देख्ने एकजना महिला छिन् । जसको एकल र अथक मेहनतकै कारण पोखराले अल्ट्रालाइट जहाज उडान गरेर पर्यटन क्षेत्रमा विशेष पहिचान कमाउन सफल भयो ।

उमेरले सातदशक टेक्नै लाग्दा पनि पर्यटनमा नथाक्ने ती महिला हुन, नतासा श्रेष्ठ, । पर्यटनमा केही नयाँ गर्नुपर्छ भनेर अझै पनि पोखरा र राजधानी दौडधुपसँगै सरकारी निकायको ढोका ढक्ढक्याउन आफै पुग्छिन् । नतासा भन्छिन, ‘उमेरले त मलाई आराम गर भन्छ तर, म अझै थाकेकी छैन, गर्नुपर्ने काम थुप्रै बाँकी छन् ।’

उमेरले सातदशक टेक्नै लाग्दा पनि पर्यटनमा नथाक्ने ती महिला हुन, नतासा श्रेष्ठ, । पर्यटनमा केही नयाँ गर्नुपर्छ भनेर अझै पनि पोखरा र राजधानी दौडधुपसँगै सरकारी निकायको ढोका ढक्ढक्याउन आफै पुग्छिन् । नतासा भन्छिन, ‘उमेरले त मलाई आराम गर भन्छ तर, म अझै थाकेकी छैन, गर्नुपर्ने काम थुप्रै बाँकी छन् ।’

नतासा रसियाको मस्कोमा जन्मिइन, उतै हुर्किइन । खासमा उनी इलोक्ट्रोनिक इन्जिनियर हुन् । त्यो बेला नेपाल (सप्तरी जिल्ला) बाट मेडिकल विषयमा अध्ययनका लागि प्रेमलाल श्रेष्ठ रसियामा पढ्न गएका थिए । नतासा पनि विद्यार्थी नै थिइन् । खाइलाग्दो ज्यानका प्रेमलाल गीत संगीत भनेपछि हुरुक्कै हुन्थे । गीत गाउन, गितार र बासुरी बजाउन उनी माहिर थिए । कलेजमा हुने सांगीतिक कार्यक्रममा प्रेमलाल गीत गाउँथे । त्यही क्रममा नतासाको प्रेमलालसँग चीनजान भयो । उनीहरुको चीनजान गाढा बन्दै गयो । अन्ततः त्यो चीनजान प्रेममा परिणत भयो र १९७५ नोभेम्बर १५ मा उनीहरुले विवाह गरे र त्यही वर्ष नेपाल फिरे ।

विदेशी छोरी नेपाली बुहारी बनेर नतासा नेपाल भित्रिइन । तर, पति प्रेमलालले पाँचवर्षसम्म पनि नतासालाई जन्मथलो सप्तरी लगेनन् । प्रेमलालले नतासालाई परिवारसँग मिलन भने गराए, मात्रै पुख्र्याैली थलो लगेनन् । कारण–त्यो बेला सप्तरीमा घरमा विजुली थिएन, खानेपानी लिन नहर पुग्नुपर्दथ्यो । विदेशी भूमिमा जन्मे हुर्केकी श्रीमतीलाई प्रेमलालले घरको असुविधाले अप्ठेरो नपरोस भनेर लगेका थिएनन, तर, परिवारसँग भेटघाट भने गराई नै रहन्थे ।

पति (प्रेमलाल) हाडजोर्नीका चिकित्सक, श्रीमति नतासा इलोक्ट्रोनिक इन्जिनियरको रुपमा नेपाल भित्रिए । नतासामा त्यो बेला कम्प्युटरमा ज्ञान थियो । त्यही बेला नेपालका केही सरकारी अड्डामा कम्प्युटर चलाउने काम नतासाले पाइन् । तर, उनलाई आँखाले धोका दियो । आँखामा समस्या भएपछि चिकित्सकले नतासालाई कम्प्युटरमा काम नगर्न सुझाए । कम्प्युटरमा काम गरे सधैंका लागि दृष्टि गुम्ने भनेर चिकित्सकले सुझाएपछि नतासाले कम्प्युटरको काम छाडिन् ।

जानेको काम गर्न नमिलेपछि के गर्ने भन्ने नतासाको मनमा हुट्हुटी चल्यो । अनि पर्यटन क्षेत्रमा उनले काम थालिन । पर्यटन क्षेत्रका काम सुरु गरेपछि अरु मुलुकका विदेशीसँग नतासाको संगत बढ्यो । नेपाल भित्रिएका ती विदेशी हिमाली चुचुरो हेर्ने भनेपछि हुरुक्कै हुन्थे, अहिले पनि नेपाल आएका विदेशी हिमाल हेर्न पाउँदा खुसी हुन्छन् । ती विदेशीलाई नजिकबाट हिमाल देखाउने चाहना नतासामा बढ्यो, अनि बल्ल उनले अल्ट्रालाइज जहाजको परिकल्पना गरिन ।

त्यो बेलासम्म उनीहरुका छोरा जन्मिइसकेका थिए । जानेको काम गर्न नमिलेपछि के गर्ने भन्ने नतासाको मनमा हुट्हुटी चल्यो । अनि पर्यटन क्षेत्रमा उनले काम थालिन । पर्यटन क्षेत्रका काम सुरु गरेपछि अरु मुलुकका विदेशीसँग नतासाको संगत बढ्यो । नेपाल भित्रिएका ती विदेशी हिमाली चुचुरो हेर्ने भनेपछि हुरुक्कै हुन्थे, अहिले पनि नेपाल आएका विदेशी हिमाल हेर्न पाउँदा खुसी हुन्छन् । ती विदेशीलाई नजिकबाट हिमाल देखाउने चाहना नतासामा बढ्यो, अनि बल्ल उनले अल्ट्रालाइज जहाजको परिकल्पना गरिन । माइती देशमा अल्ट्रालाइट जहाज देखिसकेकी उनले नेपालमा पनि ती जहाज ल्याउने र पर्यटकलाई यहाँको आकाशमा सयर गराउन सक्ने हो भने पर्याप्त कमाई हुने उनले अड्कल काटिन र जहाज भित्रयाउने चाँजोपाँजो मिलाउन थालिन ।

तर, नेपालमा पनि अल्ट्रालाइट जहाजको उडान सम्भव छ भनेर सरकारी निकायलाई बुझाउन उनलाई निकै नै हम्मेहम्मे प¥यो । त्यही क्रममा त्यस्तै जहाज लिएर यात्रामा निस्केको विदेशीको एउटा टिम नेपाल छि¥यो । त्यही जहाजलाई नेपालमा सरकारी उच्च पदाधिकारी सामु उडान गरेर देखाउन नतासा सफल भइन् । त्यसपछि बल्ल उनले हवाई सेवा संचालनका लागि सरकारबाट अनुमति पाइने गरि प्रक्रिया अघि बढ्यो ।

‘अल्ट्रालाइट जहाजबारे धेरैलाई थाहा थिएन । नेपाल नागरिक उड्ययन प्राधिकरण पनि यसबारेमा अनविज्ञ थियो,’ उनले भनिन्, ‘त्यही भएर मलाई केही समस्या भयो ।’ पहिलोपटक त्यस्तो खालको उडानको स्वीकृति मागेको र नेपालमै नौलो जहाज भित्रिने कुराले स्वीकृति पाउन लामो समय लागेको उनले बताइन् । दुर्घटना बीमा, यात्रुको अवस्था, उडान क्षेत्र लगायतमा थाहा नभएको भन्दै सरकारी पदाधिकारीले सहजै अनुमति दिएनन् । तर परीक्षण उडान गरेपछि बल्ल सरकारी पदाधिकारीले पत्याए । परीक्षण उडानको तीन महिनापछि बल्ल अनुमति पाएको उनले बताइन् ।

सन् १९९६ मा नतासाले रसियाबाट दुईवटा ‘फ्लेक्सवीङ’ जहाज भित्र्याइन् । प्रतिगोटा २५ हजार अमेरिकी डलरका दरले उनले त्यो बेला जहाज किनेकी थिइन् । जहाज किनेर मात्र भएन, ती जहाज उडाउने रसियन पाइलट र प्राविधिक पनि उतैबाट झिकाइन् । त्यो बेला नेपालमा अल्ट्रालाइट जहाजको उडान त परैको कुरा कल्पना पनि गर्न सकेका थिएनन् । उनले रसियन पाइलट र इन्जिनियर सहित आवश्यक सबै उपकरण रसियाबाटै झिकाइन् र पोखराबाट उडान सुरु गरिन् ।

‘त्यो बेला सरकारी पदाधिकारीलाई अल्ट्रालाइट उडानको सफल परीक्षण गर्नु निकै नै चूनौतीपुर्ण थियो । तर, यात्रामा निस्किएको जहाजको उडान देखाउन पाउँदा बल्ल सरकारले पत्यायो र अनुमति दियो,’ नतासा सम्झन्छिन्, ‘आफुहरुले देख्दै नदेखेको उडानलाई कसरी अनुमति दिने भन्नेमा सरकारी पदाधिकारीले अड्को थापिरहेको बेलामा यात्राको क्रममा भित्रिएको जहाजको उडान देखाउन पाउँदा सहज भयो ।’ दुईवर्षको अथक मेहनतपछि उनले सन् १९९६ मा बल्ल एभिया क्लव नेपालको नाममा अल्ट्रालाइट जहाज उडानको अनुमति पाइन् । ‘कसैले नदेखेको फुच्चे जहाज पोखराको आकाशमा उड्न थालेको देख्दा धेरैले नौलो मान्थे । आकाशतिर फर्केर हेर्ने धेरैजना हुन्थे,’ श्रेष्ठले थपिन्।

सन् १९९६ मा नतासाले रसियाबाट दुईवटा ‘फ्लेक्सवीङ’ जहाज भित्र्याइन् । प्रतिगोटा २५ हजार अमेरिकी डलरका दरले उनले त्यो बेला जहाज किनेकी थिइन् । जहाज किनेर मात्र भएन, ती जहाज उडाउने रसियन पाइलट र प्राविधिक पनि उतैबाट झिकाइन् । त्यो बेला नेपालमा अल्ट्रालाइट जहाजको उडान त परैको कुरा कल्पना पनि गर्न सकेका थिएनन् । उनले रसियन पाइलट र इन्जिनियर सहित आवश्यक सबै उपकरण रसियाबाटै झिकाइन् र पोखराबाट उडान सुरु गरिन् ।

पोखरा यसैपनि पर्यटकीय क्षेत्र, त्यसमा पनि नयाँ ‘प्रोडक्ट’को रुपमा रहेको अल्ट्रालाइट भित्रयाउन सके यहाँ थप विदेशी पाहुना आउने देखेरै पोखरालाई छनोट गरेको उनले सुनाइन् । ‘नयाँ खाले व्यापार भएकोले पनि यसलाइ प्रवद्र्धनको खाँचो थियो । पोखरा आएजति सबै पर्यटक ट्रेकिङ जाँदैनन् । केही पोखराकै आकाशमा रमाउने पनि हुन्छन् । पोखरा सेरोफेरोमै रम्न चाहने पाहुनाका लागि घुम्ने र घुमाउने पुर्वाधारको खाँचो थियो । त्यहि अभाव पुरा गर्न हामीले पहिलो प्राथमिकता पोखरालाई दिएका हौ’, उनले भनिन् । सुरुमा त हामीसँग पनि उडानको अनुभव थिएन । तरपनि नौलो भएकोले सबैको आकर्षण बढ्ने देखेर नेपाल भित्र्याउन चाहे ।’

अहिले एभियाक्लव सँग दुईवटा फिक्सविङ र चारवटा फ्लेक्सविङ जहाज छन् । पछिल्लो समय जहाज ल्याउँदा उनले लगानी पनि बढाइन् । थपिएका जहाजको मुल्य प्रतिगोटा एकलाख अमेरिकी डलर परेको उनले बताइन् ।

अहिले एभियाक्लव सँग दुईवटा फिक्सविङ र चारवटा फ्लेक्सविङ जहाज छन् । पछिल्लो समय जहाज ल्याउँदा उनले लगानी पनि बढाइन् । थपिएका जहाजको मुल्य प्रतिगोटा एकलाख अमेरिकी डलर परेको उनले बताइन् ।

रसियाबाट नेपाल भित्रिँदासम्म नतासासँग हवाई उड्डयन क्षेत्रको कुनै अनुभवै थिएन । उनले रसियामा अल्ट्रालाइट जहाज उडेको भने देखेकी थिइन् । तर, उनलाई त्यो बारेमा ज्ञान थिएन । पढाई र कामको क्षेत्र फरक पर्दा उनलाई सुरुमा निकै नै हम्मेहम्मे भयो । त्यसका लागि उनले अध्ययन गर्न थालिन् । त्यो बेलासम्म इन्टनरेटको सहजता नहुँदा नतासाले पुस्तक खोजेरै अल्ट्रालाइट जहाजबाट ज्ञान बटुल्न थालिन् । उनी भन्छिन, ‘म हवाई क्षेत्र जाने बुझेको मान्छे थिइन । तर, मेरो व्यवसाय हवाई उडड्यनसँग सम्बन्धित थियो । त्यही भएर मैले त्यो बेला निकै नै अध्ययन गर्नुप¥यो, सिक्नुप¥यो । इन्टरनेट अभावमा रसियादेखि पुस्तक ल्याएर अध्ययन गर्नुप¥यो ।’

नतासा आफु मात्र सिक्न चाहिनन् नेपाल नागरिक उड्ड्यन प्राधिकरणका पदाधिकारीलाई पनि अल्ट्रालाइट उडानबारे बुझाउन थालिन । प्राधिकरणका पदाधिकारी पनि बुझ्दै जाँदा कतिपय कुरा नतासालाई सिकाउँथे । पर्यटनमा यो प्रडक्ट आवश्यक छ भनेरै नै प्राधिकरणले पत्याएपछि बल्ल आफ्नो व्यवसायले गति लिन सकेको उनले बताईन् । सुरुवात ताका नेपाल भित्रिएका विदेशी अल्ट्रालाइटमार्फत पोखराको आकाशमा सयर गर्न पाउँदा निकै नै हौसिन्थे । त्यसले गर्दा पनि उनले व्यापारमा एकलौटी कायम राख्दै सन् २०१३ सम्म यो क्षेत्रमा एक्लै ब्यापार गर्न सफल भइन् । २०१३ पछि बल्ल अरु कम्पनि थपिए ।

उनले यो अवधिमा अल्ट्रालाइटको उडान मात्र गरिनन् प्याराग्लाइडिङ पनि उडान भर्न थालिन । त्यस्तै अल्ट्रालाइटको पाइलट उत्पादनका लागि प्रशिक्षण स्कुल पनि खोलिन । २००७ मा उनले प्रशिक्षण स्कुल अनुमति पाइन् । त्यहाँबाट केही पाइलट उत्पादन पनि गरिन् । अल्ट्रालाइटलाई फरक शैलीमा उडान गर्नुपर्छ भनेर फेवातालमा पानीमाथि उडानको प्रयास पनि गरिन् तर स्थानीयको विरोधले अघि बढ्न सकेन । त्यत्तिमात्र नभई प्यारामोटर, ह्याङग्लाइडिङ उडानको अभ्यास पनि गरिन । तर जनशक्ति र केही अवरोधले सोचेका सबै काममा उनले सफलता पाउन सकिनन् । ‘मैले अल्ट्रालाईट जहाजमार्फत पर्यटनमा सफल हुन सकिन्छ भनेपछि बल्ल अरु कम्पनि थपिए । २०१३ सम्म मेरो एकलौटी व्यापार थियो,’ उनले भनिन्, ‘त्यो अवधिमा पोखरा र समग्र नेपालकै पर्यटन क्षेत्रले मलाई सघायो । अहिले पनि पर्यटन क्षेत्रको सहयोग उत्तिकै छ ।’

नेपालको पर्यटन क्षेत्रमा सफलता हात पारेको नतासाको अनुभूति छ । उनी भन्छिन्, ‘मेरो क्षमताले भ्याएसम्मको मेहनत गरेकी हुँ । त्यसमा सफल पनि भए । नेपालको लागि राम्रो काम गरेकी छु जस्तो लाग्छ । यसले मलाई खुसी तुल्याएको छ । म मेरो लक्ष्यमा पुग्न सफल पनि भए । अहिले अवस्थाले फरक पारेर मात्र हो । नत्र यो उमेरसम्म म असफल हुनुपरेन ।’

नेपालको पर्यटन क्षेत्रमा सफलता हात पारेको नतासाको अनुभूति छ । उनी भन्छिन्, ‘मेरो क्षमताले भ्याएसम्मको मेहनत गरेकी हुँ । त्यसमा सफल पनि भए । नेपालको लागि राम्रो काम गरेकी छु जस्तो लाग्छ । यसले मलाई खुसी तुल्याएको छ । म मेरो लक्ष्यमा पुग्न सफल पनि भए । अहिले अवस्थाले फरक पारेर मात्र हो । नत्र यो उमेरसम्म म असफल हुनुपरेन ।’

नेपाली बुहारीको रुपमा भित्रिएकी एक विदेशी महिला आफु आफ्नो व्यवसाय र परिवारमा सफल भएको नतासा ठान्छिन् । पहिलो पटक नेपाल भित्रिँदा उनले केही अप्ठेरो महशुस गरेकी थिइन् । त्यो बेला महिला घरमा मात्र सिमित रहने, पुरुषले कमाउने र महिलाले बच्चा हुर्काउने मात्र उनले बुझेकी थिइन् । हुन पनि त्यो बेला त्यस्तै थियो । ‘तर, अहिले समाज परिवर्तन भयो । त्यो बेला मैले काम गर्दा मेरो परिवारबाट पर्याप्त साथ मिल्यो । विदेशी मुलकी बुहारी भएपनि मलाई मेरा सासु र ससुराले निकै नै सघाउनु भयो । परिवारको साथ र सहयोगले म सफल भए । दुई छोराकी आमा उनले एक छोरालाई केहीवर्ष अघि नै गुमाइन् । जेठा छोरा डेनिस चिकित्सक नै छन् । बुहारी पनि चिकित्सक नै हुन् । महिला भएकैले पनि पर्यटनको नयाँ क्षेत्रमा सफल हुन सघाएको उनको बुझाई छ ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । अबको केही समयमा विमानस्थल संचालन हुँदा अल्ट्रालाइट कम्पनिको उडान के हुने भन्नेमा अन्योल छ । नयाँ विमानस्थलमा अल्ट्रालाइट उडानका लागि कुनै पूर्वाधार नबनेको उनको बुझाई छ । कोरोनाको संक्रमणबाट ब्यूतिने प्रयासमा भइरहेको बेला विस्थापितको चिन्ता नतासामा छ । यो बेला अहिलेको ठाउँभन्दा बाहिर गएर संचालन र बजारीकरण गर्न सक्ने अवस्था नरहेको उनी बताउँछिन । उनी भन्छिन्, ‘कोरोनाको मारबाट ब्यूँतिने प्रयासमा रहँदा थप लगानी गर्ने अवस्था छैन । नयाँ ठाउँमा जाँदा लगानी थप्नुपर्ने हुन्छ ।’

पोखराबाट बाहिर जानासाथ पूर्वाधारका लागि ठुलो लगानी आवश्यक पर्ने र त्यो क्षमता अहिले व्यवसायीले नराख्ने उनको बुझाई छ । नतासा भन्छिन्, ‘हामी हाल चालु अवस्थाको विमानस्थललाई नै यथावस्थामै राखेर साहसिक मनोरञ्जनात्मक गतिविधि (अल्ट्रालाइट उडान) संचालन गरोस् भन्ने चाहेका हौं । चालु विमानस्थललाई अहिलेकै अवस्थामा राखेर साहसिक गतिविधि सहित आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि राखेमा राम्रो हुनेछ, जुन भविश्यका लागि पनि उपयुक्त हुनेछ ।

पोखराबाट बाहिर जानासाथ पूर्वाधारका लागि ठुलो लगानी आवश्यक पर्ने र त्यो क्षमता अहिले व्यवसायीले नराख्ने उनको बुझाई छ । नतासा भन्छिन्, ‘हामी हाल चालु अवस्थाको विमानस्थललाई नै यथावस्थामै राखेर साहसिक मनोरञ्जनात्मक गतिविधि (अल्ट्रालाइट उडान) संचालन गरोस् भन्ने चाहेका हौं । चालु विमानस्थललाई अहिलेकै अवस्थामा राखेर साहसिक गतिविधि सहित आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि राखेमा राम्रो हुनेछ, जुन भविश्यका लागि पनि उपयुक्त हुनेछ । चालु विमानस्थल हाम्रा लागि मात्र नभई हवाई क्षेत्रका सबैखालका जनशक्ति उत्पादनमा पनि सहयोगी बन्नेछ । हवाई क्षेत्रका प्राविधिकको तालिम केन्द्रको रुपमा उपयोग गर्न सकिन्छ । सबै सुविधा रहिरहेकोले यो विमानस्थल अरु काममा उपयोग गर्नु हुँदैन । आपतकालिन उडान र अवतरण सहितका काम यो विमानस्थलबाट गर्न सकिन्छ ।

पोखरामा चलिरहेको अवस्थामा नयाँ ठाउँमा गएर शुन्यदेखि उडान थाल्न सहज नहुने उनी बताउँछिन । श्रेष्ठ भन्छिन्, ‘जहाज जाने कुरा मात्र होइन, पाहुना पनि जानुपर्छ । कम्पनिले अरु पूर्वाधार पनि थप्नुपर्छ । शुन्यको आकारमा झरेको व्यापारलाई उठाउन सकस भईरहेको बेला नयाँ ठाउँमा पुगेर चलाउनु सहज छैन । कोरोना संक्रमणका कारण पर्यटन क्षेत्र दुईवर्षदेखि ओरालो लागेको बेला अब नयाँ ठाउँमा गएर ब्यापार गर्ने अवस्था रहन्न ।’

कमेन्ट्स
Loading...