सुचना, समाचार र मनोरन्जन

परिचय डट कम चौँथो वर्षमा….

  •  
  •  
  •  
  •  

प्रकाशकीय /

पत्रकारिता लामो समयदेखि परम्परागत शैलीमा चल्दै आयो, विगत दुई दशकदेखि ‘न्यु मिडिया’को अवधारणा, माहौल र लहर सुरू भएपछि अनलाइन पत्रकारिताले गतिशील बन्ने अवसर पायो । यही छेकोमा परिचय एड्भर्टाइजिङ प्रा.लि.द्वारा २०७५ श्रावण ३० गतेदेखि औपचारिक रूपमा सुरूवात भएको परिचय डट कम आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । पत्रकारिता सधैं सत्ताको प्रतिपक्ष हो, सत्तासँग केवल हाम्रा गहन प्रश्नहरू रहन्छन् । चित्तबुझ्दो जवाफ नागरिकसम्म पु¥याउनु हाम्रो दायित्व हो । हामी सीमान्तकृतहरूको आवाजलाई मूल धारमा पु¥याउन उद्यत छौं । नागरिकको चाहाना र सपनामा प्रहार हुँदा जरुर हामी उभिन्छौं । पत्रकारिताको मूल मर्म नै पहरेदारी र खबरदारी हो भन्ने मान्यताबाट हामी विचलित हुने छैनौं । हामी ‘मोफसल’को हीनग्रन्थीभन्दा माथि उठेका छौं । डिजिटल दुनियाँमा गरिने पत्रकारिताको मर्मलाई आत्मसात गर्नेछौं ।

सामूहिक प्रतिवद्धताले मात्रै विपद्सँग सामाना गर्ने ल्याकत राख्दछ । यसका लागि परिचयले आफ्नो सामथ्र्यले भ्यायसम्म सरकार र सत्तालाई निरन्तर खबरदारी गर्नेछ । नागरिकका मौलिक हकको प्रवद्र्धन गर्न पहरेदारी गर्नेछ । सङ्कटमा सास फेर्न मात्रै सके सहज समयमा सुुसेली हाल्न पाइन्छ । कोरोनाकाल सकिएपछि सुन्दर संसार देख्न पाइनेछ भन्ने सन्देश दिन चाहान्छौं ।

समग्र विश्व नै कोरोना कहरसँग पौँठेजोरी खेलिरहेको बेला पत्रकारितामा चुनौतीहरू थपिएका छन् यद्यपि महान् सम्भावनाका ढोकाहरू खुल्छन् भन्ने हाम्रो बुझाई हो । सामूहिक प्रतिवद्धताले मात्रै विपद्सँग सामाना गर्ने ल्याकत राख्दछ । यसका लागि परिचयले आफ्नो सामथ्र्यले भ्यायसम्म सरकार र सत्तालाई निरन्तर खबरदारी गर्नेछ । नागरिकका मौलिक हकको प्रवद्र्धन गर्न पहरेदारी गर्नेछ । सङ्कटमा सास फेर्न मात्रै सके सहज समयमा सुुसेली हाल्न पाइन्छ । कोरोनाकाल सकिएपछि सुन्दर संसार देख्न पाइनेछ भन्ने सन्देश दिन चाहान्छौं । नागरिकलाई सूचनाको पहुँसम्म पु¥याउन हाम्रो पहल रहनेछ । पाठकलाई हरघडी सुसूचित गर्ने सवालमा हामी जबरजस्त खट्ने प्रण गर्दछौं ।

पत्रकारिता हतारको साहित्य पनि हो, हामी डिजिटल माध्यमबाट समयको दस्तावेजीकरण र अभिलेख राख्ने छौं । प्रविधिमैत्री बन्दै अझ् परिष्कार र परिमार्जनमा जाँगर चलाउने छौं । नागरिकको खुशी, समृद्धि र सुखी जीवनका लागि हामी समाचार र सूचना पस्किरहन प्रयत्न एवम् प्रतिवद्धता गर्दछौं ।

ठूला कुराभन्दा सानो काम सुरु गरेर त्यसलाई निरन्तरता दिनुले नै सफलता प्राप्त हुन्छ भन्ने कुरामा हामी ढुक्क छौं । महामारीका बेलामा पनि हामी अविचल, अविछिन्न र अनवरत प्रतिवद्ध भएर लागिरहेका छौं । त्यसैले स्वदेशमा मात्रै होइन, विश्वका जुनसुकै भूगोलमा रहेका नेपाली समुदायको माया पाउन सफल भयौं । पत्रकारिता हतारको साहित्य पनि हो, हामी डिजिटल माध्यमबाट समयको दस्तावेजीकरण र अभिलेख राख्ने छौं । प्रविधिमैत्री बन्दै अझ् परिष्कार र परिमार्जनमा जाँगर चलाउने छौं । नागरिकको खुशी, समृद्धि र सुखी जीवनका लागि हामी समाचार र सूचना पस्किरहन प्रयत्न एवम् प्रतिवद्धता गर्दछौं ।

जनप्रतिनिधिदेखि राष्ट्रपतिसम्मका गतिविधिलाई हामीले ‘वाच डग’का रूपमा हेर्नेछौं । केवल निरन्तर निगरानीका लागि परिचयको पहल र प्रयास हुनेछ । पत्रकारिताको चरित्रलाई हामीले सम्मानजनक ढङ्गमा वहन गर्नेछौं । भुर्इँतहबाटै हाक्काहाक्की प्रश्न उठान गर्ने चेतनास्तर उकास्दै ‘किन संस्कृति’ को क्रियात्मक अभियानमा परिचय जबरजस्त लाग्नेछ ।

पूर्वाग्रहको सीमारेखाभन्दा माथि उठेर हामीले आफ्ना पाठकको सेवामा समर्पित हुनेछौं । जनप्रतिनिधिदेखि राष्ट्रपतिसम्मका गतिविधिलाई हामीले ‘वाच डग’का रूपमा हेर्नेछौं । केवल निरन्तर निगरानीका लागि परिचयको पहल र प्रयास हुनेछ । पत्रकारिताको चरित्रलाई हामीले सम्मानजनक ढङ्गमा वहन गर्नेछौं । भुर्इँतहबाटै हाक्काहाक्की प्रश्न उठान गर्ने चेतनास्तर उकास्दै ‘किन संस्कृति’ को क्रियात्मक अभियानमा परिचय जबरजस्त लाग्नेछ । परिचयले पाठकलाई केवल सत्य र तथ्यको सानिध्यता दिन पहल गर्नेछ । पाठकलाई सही समाचार, विचार र मनोरञ्जन दिनका लागि नै हाम्रो यात्रा आरभ्भ भएको हो । समाजभित्रका विकृति, विसङ्गति र बेथितिलाई परिचयको कुचोले सफा गर्ने जमर्को गर्नेछौं ।

सूचना, समाचार, मनोरञ्जनका अतिरिक्त खोजपूर्ण, वस्तुनिष्ठ र सत्यतामा आधारित भएर तपाईँसम्म आउँछौं । आलोचना हाम्रो लागि दालभातभन्दा ज्यादा प्यारो छ । पाठकका आलोचनात्मक टिप्पणीलाई परिचयले पुँजी ठान्ने छ । हाम्रा समस्त पाठक, लेखक, शुभचिन्तक र विज्ञापनदाताबाट विगतमा झै समसाथ पाउने अटल विश्वास राख्छौं।

परिचयले पस्कने समाचारले आदरणीय पाठकको मन जित्यो भने नै हामी धन्यवादका लायक भएको ठान्ने छौं । पाठकको प्रमाणपत्रभन्दा ठूलो अर्को कुनै पुरस्कार हुन सक्दैन् । विश्वसनीय र व्यावसायिक पत्रकारिताको यात्रामा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं । परिचयका पाठक, समाचार स्रोत, लेखक, विज्ञापनदाता अनि शुभचिन्तकका प्रति हामी हरदिन नतमस्तक छौं । माया, स्नेह र हौसलाका प्रति हामी कृतज्ञ छौं । आगामी दिनमा पनि यहाँहरूको रचनात्मक सुझाव, सल्लाह र सद्भावको अपेक्षा गर्दछौं । सूचना, समाचार, मनोरञ्जनका अतिरिक्त खोजपूर्ण, वस्तुनिष्ठ र सत्यतामा आधारित भएर तपाईँसम्म आउँछौं । आलोचना हाम्रो लागि दालभातभन्दा ज्यादा प्यारो छ । पाठकका आलोचनात्मक टिप्पणीलाई परिचयले पुँजी ठान्ने छ । हाम्रा समस्त पाठक, लेखक, शुभचिन्तक र विज्ञापनदाताबाट विगतमा झै समसाथ पाउने अटल विश्वास राख्छौं । चौँथो वार्षिक उत्सवको यो अवसरमा सबैलाई हार्दिक बधाई साथमा शुभकामना ।

कमेन्ट्स
Loading...