सुचना, समाचार र मनोरन्जन

व्याक टु नेचरका डम्बर पुन

घनश्याम पौडेल /

                                                                                    परिचय फिचर…

दार्शनिक रूसोले आफ्नो समयमा भनेका थिए, ‘प्रकृतितर्फ़ फर्क ।’ आजको भौतिक र यान्त्रिक दुनियाँबाट दिक्क भएकाहरूले प्रकृतिको काख खोजिरहेका छन् । पोखरा आफैमा स्वार्गको टुक्रा हो । प्रकृतिले पोखरालाई वरदान नै दिएको छ । पोखराको फेवाताल सिरानमा छ डाडाँखर्क । आजकल प्रकृतिसँग रमाउने र ‘व्याक टु दि नेचर’ बुझ्नेका लागि प्यारो गन्तव्य बन्दैछ । त्यहीँ डाडाँखर्कमा रमाइरहेका छन् करिब ५ दशक पार गर्नै लागेका म्याग्दीका डम्बर पुन । एक बिहान फेवातालको छेऊ पामेबजार पुगेर ‘व्याक टु नेचर कहाँ छ भनी सोध्दा एक स्थानीयले बायाँ पट्टी डाडाँखर्क जङ्गलको बिचमा देखाए । करिब १० मिनेटको कडा उकालो चढेपछि व्याक टु नेचरको प्रवेशद्धार देखियो ।

गाउँ घरको पूर्ण झल्कोमा सजिएको खुड्कुलो भरी पानी, भित्तामा मैनटोलभित्रको बल्व, लगायतका कुराले स्वागत गरे । त्यसदिन उनकै आफन्त अहिले बजारतिर बस्ने करिब २५ जना पाहुनाका लागि बिहानी खाना तयार गर्नमा १० जना स्टाफ फुलफेजमा व्यस्त थिए । मैले त्यही भिडको एकजना चिउँडोमा दाह्री र फुर्तिलो शरीर भएकालाई सोधँे डम्बरजी को हुनुहुन्छ ? साँच्चैभन्दा उनको बारेमा सञ्चारकर्मी मित्र कृष्णमणि बरालबाट केही थाहा पाएकोले त्यहाँ गएको थिएँ । डम्बरजीको थर पनि याद गरेको थिइनँ । मान्छे त पहिलो पटक देखेको थिएँ । उनैले म नै हुँ डम्बर भने । मेरो परिचय मागेर बसौं न भनेर हार्दिकता र आत्मीयता पस्किए ।

हामी गाउँले घरको आँगन छेऊको टेबुलमा बस्यौं । उता उनका पाहुनाका लागि खाना तयार गर्ने हतारो थियो भने पाहुनाहरू त्यो रमाइलो प्राकृतिक परिवेशमा रमाउन पाउँदा अझ् केटाकेटीहरू त औधी खुसी देखिन्थे । यसै चटारोबिचमा पनि उनले मलाई समय दिए र हामी कुरा गर्न लाग्यांै । डम्बर पुन म्याग्दीको पाउँद्धारमा जन्मे पनि पोखरा लेकसाइडबाट हाइस्कुलको पढाइ गरेका रहेछन् । लेकसाइडमा नै हुर्केकोले होला उनलाई पनि पर्यटन क्षेत्रतिर लागेर नै केही गर्ने जोस पलायो । २१ वर्ष पहिले काठमाडांैको ठमेलमा उनका भाइले एक रेस्टुरेन्ट खोलेका थिए उनी त्यसैमा सामेल भए । पछि भाइ विदेश गएकाले सो रेष्टुरेन्ट डम्बरले आफ्नै हिसाबले चलाउँदै गए । त्यसैबाट पर्यटन क्षेत्र र व्यवसायको व्याकरण बुझे ।

काठमाडौंको अझ् ठमेलजस्तो नेपाली र विदेशीको भिडभाडमा रेस्टुरेन्ट त चलिरहेको थियो नै पैसा पनि कमाइ भइरहे पनि उनको मन मानेन । म्याग्दीको त्यो प्राकृतिक काखमा जन्मेका र फेवाताल तथा माछापुच्छ«्रेको सुन्दर मोहनी जालमा हुर्केका डम्बरले प्रकृतिमा फेरि फर्कने बिचार गरे । सोही विचारलाई साकार पार्न उनले पोखरा महानगर पलिका २३ स्थित बिरिम डाडाँखर्कमा सन् २०११ मा ४० रोपनी जग्गा किने । त्यहाँ पहिले पराजुली, गुरुङ र दलित जातिका घर थिए । जङ्गलको विचमा माओवादी द्वन्द्वले विस्थापित भएकाहरूको रित्ता घर मात्रै थिए । यहीँ नै उनले ‘व्याक टु नेचर’ होटल बनाउन तम्सिए ।

सन् २०१८ सम्म त यहाँ विदेशी पर्यटक मात्र आउँथे । ती मध्ये पनि अधिकांश फ्रेस अर्थात् बाहिरबाट काठमाडौं एयरपोर्ट अनि त्यहीँबाट पोखरा एयरर्पोट अनि गाडीमा सिधै व्याक टु नेचर आउँथे । यसरी आएका पर्यटक दङचित हुन्थे । जङगलको बिचमा गाउँले जनजीवन झल्किने होटल परिसर, घर, सुत्ने टेन्ट, गाईभँैसी दुहेर दिएको दूध, बारीमा उब्जेको तरकारी, बोटमा फलेको ताजा फलफूल दिदाँ पर्यटक निकै मख्ख हुन्थे । अझ् बिहान बिस्ताराबाट नै हिमालमा सुनौलो घाम परेको र तल फेवाताल र फेवाफाँटको दृश्यले त पागल हुन्थे । कैयो पयर्टक त उनको खेतबारीमा काम गर्न सहयोगी पनि बन्थे ।

व्याक टु नेचर सञ्चालनमा आएपछि उनले चिने जानेको माध्यम प्रयोग गरेर प्रचार गरे । यता होटल प्राकृतिक शैलीमा ढालेर बनाउँदै गए । उनी भन्छन्– सन् २०१८ सम्म त यहाँ विदेशी पर्यटक मात्र आउँथे । ती मध्ये पनि अधिकांश फ्रेस अर्थात् बाहिरबाट काठमाडौं एयरपोर्ट अनि त्यहीँबाट पोखरा एयरर्पोट अनि गाडीमा सिधै व्याक टु नेचर आउँथे । यसरी आएका पर्यटक दङचित हुन्थे । जङगलको बिचमा गाउँले जनजीवन झल्किने होटल परिसर, घर, सुत्ने टेन्ट, गाईभँैसी दुहेर दिएको दूध, बारीमा उब्जेको तरकारी, बोटमा फलेको ताजा फलफूल दिदाँ पर्यटक निकै मख्ख हुन्थे । अझ् बिहान बिस्ताराबाट नै हिमालमा सुनौलो घाम परेको र तल फेवाताल र फेवाफाँटको दृश्यले त पागल हुन्थे । कैयो पयर्टक त उनको खेतबारीमा काम गर्न सहयोगी पनि बन्थे ।

British college

डम्बर भन्छन्– ७ किलोमिटर पर पोखरा लेकसाइडमा हजारौं पर्यटकीय होटल छन् उनीहरूबिच निकै प्रतिस्पर्धा छ तर मेरो कोही कम्पिटिटर नै छैन । मैले त गाउँघरलाई नै पर्यटकीय गन्तव्य बनाएर बेच्न सिकाएको मात्र हुँ । हामीकोमा बेच्ने धेरै कुरा छन् केवल हिमाल, ताल वा निकुञ्ज र पदयात्रामात्र हैन् । व्यावसाय गर्दा एक क्लु चाहिन्छ र छुट्टै खालको स्वाद दिनुपर्छ । मान्छे आफैमा प्राकृतिक ‘सेल्स म्यान’ हो । उसले बेच्न जान्दछ किनकी बच्चा हुँदा उसलाई भोक लाग्यो भने रून्छ र भोक बेच्छ र नै खाना पाउँछ । तर हामी नेपालीमा सेल्सको कमी छ । एक वेटर मेनेजर हुनु सेल्स म्यानको खुुबी हो । प्रगति नै त्यही हो । टुरिजम आफैमा ठूलो लगानी हो । बजार वा मुकाममा नै गर्नुपर्छ भन्ने कुरालाई व्याक टु नेचर प्रतिवाद गर्छ ।

हामीले आफ्नै उत्पादन पस्केका छांै । आफ्नै धान खेत छ, गाईभँैसी छन्, दूध दुहुन्छौं । फलफूल छन् जडीबुटी जङ्गलमा छन, मेरो काम त केवल फिउजन गर्ने मात्रै हो । नेचरलाई सेल गर्न सकिन्छ भन्ने हो । हामीले धार्मिक पर्यटन तथा योगालाई यसै नेचरमा मिसाउने प्रयास गरेका छांै । यो प्राकृतिक जङ्गल नै मेरो र यहाँ आउने पर्यटकको बगैँचा हो ।

पुनले आफ्नो कथा सुनाउँदै गए– प्राकृतिक गाउँघरको हरेक कुरालाई बेच्न सकिन्छ भन्ने उदेश्य नै व्याक टु नेचर हो । हामीले आफ्नै उत्पादन पस्केका छांै । आफ्नै धान खेत छ, गाईभँैसी छन्, दूध दुहुन्छौं । फलफूल छन् जडीबुटी जङ्गलमा छन, मेरो काम त केवल फिउजन गर्ने मात्रै हो । नेचरलाई सेल गर्न सकिन्छ भन्ने हो । हामीले धार्मिक पर्यटन तथा योगालाई यसै नेचरमा मिसाउने प्रयास गरेका छांै । यो प्राकृतिक जङ्गल नै मेरो र यहाँ आउने पर्यटकको बगैँचा हो । नेपालमा पर्यटक हिमाल र यहाँका सम्पदा हेर्न आउने हुन् । हामीमा भएका कुरा देखाउँन र बेच्न सके मात्र पनि पर्यटकलाई प्रशस्त पुग्छ । घरगाउँका धेरै कुरा एक्सप्लोर गर्न बाँकी नै छ । नेचरसँग काम गर्दा जे गर भन्छ त्यही गर्ने हो र नेचरले दिने नै खाने हो । दुःख छ, तर नेचरमा पसिना बगाउँदा दुःख हैन त्यो सुख हुन्छ ।

पछिल्लो समय कोरोनाले विश्वभर प्रभावित पारेको मध्ये सबैभन्दा मर्कामा परेका पर्यटन व्यवसायी नै हुन । त्यसैको मारमा व्याक टु नेचर पनि परेको बताउँछन् डम्बर पुन । विदेशी त नेपाल आउनै मुस्किल भयो । यहाँ त आउने कुरै भएन । अहिले सहरिया प्रकृतिप्रेमी नेपाली आउँछन । अझ् बालबच्चा लिएर पारिवारसहित घुम्न आउने, यतै खाना खाने, बस्नेहरू निकै खुसी छन् । यसले केही राहत मिलेको छ । कोरोनाको समयमा बाँच्न र व्यवसाय बचाउन गाह्रो भयो । बैंकले किस्तामा ताकेता गर्छ । पर्यटन व्यवसायीमा लाग्नेलाई राज्यले पनि केही सहयोग गर्नु पर्ने हो तर खासै हेरेको देखिदैन ।

डम्बरले गाउँलेका बारी र टारीमा टेन्ट राखेर रिर्सोटमा परिणत गरिदिएका छन् । रुद्राक्षको बोटमुनि रुद्राक्षकुटी, अमलाको बोटमुनि अमलाकुटी तयार गरेका छन् । शौचालय तथा सयनकक्षलाई पनि प्राकृतिक पन दिएका छन् ।

डम्बरले गाउँलेका बारी र टारीमा टेन्ट राखेर रिर्सोटमा परिणत गरिदिएका छन् । रुद्राक्षको बोटमुनि रुद्राक्षकुटी, अमलाको बोटमुनि अमलाकुटी तयार गरेका छन् । शौचालय तथा सयनकक्षलाई पनि प्राकृतिक पन दिएका छन् । माथि डाडाँमा मन्दिर छ, नजिकै लिगे पिङ छ । मौरीका घार छन, विभिन्न वनस्पति र फलफूलका विरुवा लगाइएका छन । फेवाताल, फेवाफाँट र पारि देखिने हिमाल हेर्न ठाउँठाउँमा बस्ने कुर्सी राखिएका छन् । त्यहाँ पुग्नेलाई लाग्छ म एक गाउँको व्यवस्थित घरमा छु र यहाँका हरेक सम्पदाले स्वागत गरिरहेका छन् । मनको पिर र तनको तनाव प्रकृतिको काखमा रहँदा हटेर गएको महसुस गर्छन् ।

म यहाँ गाउँलेलाई माछा मारेर खुवाउन आएको हैन्, मैले त माछा यसरी मार्नु पर्छ भनी सिकाउन आएको हँु, त्यही गर्दैछु । त्यसैले गाउँलेबाट पनि मैले प्रशस्त सहयोग पाइरहेको छु । मैले यहाँका गरिब जेहन्दार विद्यार्थीलाई पढ्नका लागि विभिन्न स्कुलमा भर्ना गरेर सहयोग गरेको छु । साथै, यहाँ प्रयोग हुने तरकारी, खाद्यपदार्थ तथा कुखुरा, खसी जस्ता अत्यावश्यक वस्तु सकेसम्म गाउँलेबाट नै किन्छु । गाउलेहरूलाई सिजनअनुसार केही रोजगार दिन सकेको छु भने गाउँकै तल विश्व शान्तिपार्क बनाउन मेरै नेतृत्वमा पहल गरेको छु ।

अन्त्यमा, डम्बरजीलाई सोधेको थिएँ, आखिर तपाईँले यहाँका गाउँलेको लागि के सहयोग गर्नुभो ? तपार्इँलाई गाउँलेबाट कस्तो सहयोग मिलेको छ ? उनी भन्छन्– म यहाँ गाउँलेलाई माछा मारेर खुवाउन आएको हैन्, मैले त माछा यसरी मार्नु पर्छ भनी सिकाउन आएको हँु, त्यही गर्दैछु । त्यसैले गाउँलेबाट पनि मैले प्रशस्त सहयोग पाइरहेको छु । मैले यहाँका गरिब जेहन्दार विद्यार्थीलाई पढ्नका लागि विभिन्न स्कुलमा भर्ना गरेर सहयोग गरेको छु । साथै, यहाँ प्रयोग हुने तरकारी, खाद्यपदार्थ तथा कुखुरा, खसी जस्ता अत्यावश्यक वस्तु सकेसम्म गाउँलेबाट नै किन्छु । गाउलेहरूलाई सिजनअनुसार केही रोजगार दिन सकेको छु भने गाउँकै तल विश्व शान्तिपार्क बनाउन मेरै नेतृत्वमा पहल गरेको छु ।

उनी भन्छन्– हाम्रो नेपालमा प्राकृतिक स्रोत र साधन धेरै छन् तिनको प्रयोग र प्रचार गरेर त्यसबाट कसरी फाइदा लिन सकिन्छ भन्ने जान्नु नै ठुलो कुरा हो । त्यसको लागि अरूको देखेर हैन, कपि गरेर हैन, पहिले गहन अध्ययन गरेर अनि अनुभव गरेर मात्र अगाडि बढेको कामले कहिल्यै पछाडि फर्केर हेर्नु पर्दैन् । गरिएका कामबाट पश्चतापको आगोमा पिल्सिनु पर्दैन् । साँच्चै गाउँघर र देशको समृद्धिका लागि डम्बर पुन जस्ता प्रकृतिप्रेमी उद्यमी र पौरखी हातहरूको आवश्यक छ । जसले गाउँको मात्रै होइन देशकै मुहार फेर्ने ल्याकत राख्दछ । बधाई छ, डम्बर पुनलाई उनको सोचले व्यापकता पाओस् ।

कमेन्ट्स
Loading...