प्रेम थापा,
पोखरा /
साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।
पोखरा वर्षेनी भासिने गर्छ । वर्षातको समयमा उचित भल निकास हुन नसक्दा यस्तो समस्या देखिएको विज्ञ बताउँछन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेशको समयमा ध्यान नपुगे थप समस्या आउन सक्छ ।

हाम्रा मौलिक पर्व नै हाम्रा सम्पत्ति हुन् । यसको संरक्षणमा सबैको चासो हुनुपर्ने आवश्यकता छ । मौलिकता नै हराए र संस्कार नै भंग भए हाम्रो परिचय हराउँछ ।

कोरोना भाइरसको महामारीका कारण सबै भन्दा बढी समस्या पर्यटन क्षेत्रमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन सोचेजस्तो छैन । यस क्षेत्रमा काम गर्नेहरु समेत महामारीको अन्त्य कहिले हुन्छ भनेर पर्खिरहेका छन् ।


अविरल वर्षाका कारण फेवातालको बहाव वर्षेनी बढीरहेको छ । यसले छेउछाउका संरचनामा समस्या आइरहेको अवस्था हो । समस्याको समाधान समयमै नभए जोखिम नहोला भन्न सकिदैन ।

फेवा तालवारी जाइकाले खानेपानीको पाइपलाइन विस्तार गरिरहँदा पारी पिउनेपानी मुहानमा लिन जानुपर्ने अवस्था छ । एक घर एक धारा नारामै सिमित छ । यसको उपभोग जनताले कहिले गर्न पाउने हुन् कुनै पत्तो छैन ।

शिलालेख अदभूत कला हो । व्यवसायिक रुपमा नै यो पेशामा लाग्नेहरु पनि समाजमा नभएका होइनन् । तर उनीहरुको सोचेजस्तो प्रगति हुन सकिरहेको छैन । बजारीकरणमा समस्या हुँदा शिलालेख व्यवसाय गर्नेहरु पीडामा छन् । संरक्षणको खाँचो छ ।

प्रविधिको विकास र स्मार्ट फोनको उपलब्धता सँगै रहरमा समेत परिवर्तन हुँदै आएका छन् । तस्वीर एक याद र सम्झनाको चित्रणका रुपमा प्रस्तुत हुँदै आएको छ ।
