प्रेम थापा
पोखरा /
साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।
फेवाताल पोखराको सम्पत्ती हो । ताल रहे नै लेकसाइडको अस्तित्व रहन्छ । तालको संरक्षणमा सबै जुटौं ।

कर्म कुनै पनि सानो ठूलो हुंदैन । मागेर, चोरेर पो खानु भएन । परिश्रम गरि खान के को लाज ।

हाट बजारले दैनिक रोजीरोटीमा सकरात्मक प्रभाव ल्याएको त छ तर शहर कुरुप बनाएको स्थिति पनि नभएको होइन । पोखराको सुन्दरताका लागि हाटबजारलाई व्यवस्थित गर्नुपर्ने आवश्यक्ता छ ।


बालापनको मज्जा बेग्लै छ । यो बेला जिम्मेबारीको बोध नै हुंदैन । बालापनको रमाइलो पछि सम्म यादगार रहन्छ ।

२०७२ सालको महाभुकम्पले धेरै संरचनामा क्षति पुग्यो । भत्किएका संरचना निर्माण गर्ने कार्य जारी छ । पोखरामा पनि जिर्ण अवस्थामा रहेको सांस्कृतिक सम्पदा निर्माण कार्यले निरन्तरता पाइरहेको छ ।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन नीजि क्षेत्रले व्यवसायिक रुपमा संरचना बनाउदै आइरहेका छन । आसपासका डांडाकांडामा रेस्टुरेन्ट संचालन गरी पर्यटन प्रवर्द्धनमा टेवा पुगेको आभाष हुन्छ ।

पोखराको पर्यटन क्षेत्रलाई माथी उकास्न यहाँको छांगा छहराको भुमिका उत्तिकै महत्व छ । पछिल्लो समय बिरौटा पावरहाउसमा रहेलो छहरामा आकर्षण बढ्दो छ । यसको उचित व्यबस्थापन गर्दै प्रचारप्रसारमा टेवा पुर्याउन सकिन्छ ।
