प्रेम थापा,
पोखरा /
साताको सात तस्बिर मार्फत हामीले पछिल्लो एक हप्तामा समाजमा भइरहेका गतिविधिलाई दर्शाउन खोजेका छौं ।
तन बुढो भए पनि मन बुढो नहुँदो रहेछ । बच्चैमा साथै खेलेका साथीहरुको साथ अझै सम्म रहिरहँदा खुशीको सिमा नहुँदो रहेछ । आखिर मेरो एउटा साथी त छ ।

हरिया बालीनाली र वरिपरिका डाँडाकाँडाले मन लोभ्याएको छ । ठाउँ हेर्दै एक किसीमको उर्जाको अनुभुति हुन्छ । विकासका नाममा उब्जनी हुने जग्गा जमिन विनास नगरी यसरी बाली लगाउन पाए किसानको मुहारमा हर्ष छाउनेथ्यो ।

गण्डकी प्रदेशमा एक पछि अर्को नयाँ पर्यटकीय गन्तव्य फेला परिरहेका छन् । पछिल्लो समय तनहुँ जिल्लामा पर्यटकीय आकर्षण बढ्दै गएको छ । यस्ता गन्तव्यहरुको उचित रेखदेख, संरक्षण र व्यवस्थापन गर्न सके लाभ लिन सकिन्छ ।


पछिल्लो समय शहरमा सवारीको चाप र बढ्दो गतिका कारण दुर्घटना बढ्दै गएको छ । यसको न्युनीकरण हुनुपर्ने आवश्यकता छ । व्यक्ति आफै सचेत नरहेसम्म न्युनिकरण हुने सम्भावना देखिदैन । त्यसैले सवारीको गतिमा विचार गरौं ।

कोरोना महामारी बढ्दो छ । केही समयको निशेधाज्ञा पश्चात तरकारी तथा फलफुल पसल संचालनमा आएका छन् । व्यापार हुँदा दुई छाक टार्न सहज भएको छ । चाडबाड नजिकिए सँगै तरकारी र फलफुल खरिद गर्ने ग्राहक बढ्दै गएका छन् ।

फुट्कर व्यापारीलाई साँझ सम्म पनि भ्याइनभ्याई छ । बजार खुलेसँगै व्यापारमा व्यस्त छन् उनीहरु । सामाजिक सुरक्षाका मापदण्डलाई अप्नाउँदै नागरिक पनि आवश्यकता परिपुर्तीको लागि बजारसम्म पुग्ने गरेका छन् ।

आगोलागी बाट बच्ने उपायका बारेमा सामान्य ज्ञान लिनुपर्ने आजको आवश्यकता हो । हामी सबैले ग्यास प्रयोग गर्छौ । कतिपय अवस्थामा ग्यास लिक भएर आगो लाग्दा मानिसको मृत्यु भएको खबर पनि नसुनेको होइन । यस्तो समस्याबाट बच्न सक्ने अवस्थालाई अवलम्बन गर्नुपर्ने आवश्यकता छ ।
