सुचना, समाचार र मनोरन्जन

काबुलमा रगत बगिरहेको छ। कृपया, अफगानीलाई मार्न बन्द गर : रासिद खान

  •  
  •  
  •  
  •  

अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन्।

बिहीबार साँझ राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोट भएपछि उनले यस्तो बताएका हुन्।

ट्वीटरमार्फत उनले अहिले लेखेका छन्, ‘काबुलमा रगत बगिरहेको छ। कृपया, अफगानीलाई मार्न बन्द गर।’ उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ। विस्फोटमा १६० जना घाइते भएका छन् ।

कमेन्ट्स
Loading...