सुचना, समाचार र मनोरन्जन

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफमा दिव्य देव र मेनुका उत्कृष्ट

काठमाडौं /

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ बंगलादेशी फिल्म ‘नो ग्राउण्ड बेनेअथ द फिट’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । पाँच दिनसम्म काठमाडैंमा चलेको फिल्म महोत्सवमा मोहम्मद रब्बी मृधा निर्देशित फिल्मले जित हासिल गरेको हो । साथै यस फिल्मले १५ सय अमेरिकी डलर र ट्रफी प्राप्त ग¥यो ।

त्यस्तै यता राष्ट्रिय प्रतिस्पर्धातर्फ मोहन राई निर्देशित ‘वान नाइट इन काठमाडौं ः महानगर’ उत्कृष्ट फिचर फिल्म बन्न सफल भएको छ । विदेशमा समेत विभिन्न अवार्डमा भाग लिएको ‘महानगर’ले नेपालमा पनि जितसँगै ‘महानगर’ले एक लाख रुपैयाँ हात पार्न सफल भएको छ । फिल्मका निर्देशक तथा निर्माण टिमले यस फिल्मलाई हलमा समेत प्रदर्शन गर्ने बताइसकेका छन् ।

अघिल्लो साता हलमा रिलिज भएको फिल्म ‘चिसो एस्ट्रे’बाट दिव्यदेवले करिअरमै पहिलोपटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।हलमा फ्लप भएको फिल्मले अवार्ड कार्यक्रममा भने सफल भएको छ । यता मेनुका प्रधान भने फिल्म ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।
महोत्सवमा उत्कृष्ट फिल्महरुलाई पुरस्कार प्रदान गर्दै पाँच दिनसम्म चलेको महोत्सव सोमबार सकिएको छ ।

निफ फिल्म फेस्टिभलमा देशविदेशका लामा, छोटा, डकुमेन्ट्री र एनिमेटेडसहितका सात विधामा १४ अवार्ड प्रदान गरिएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवमा चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक रहेका थिए । अघिल्लको वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा महोत्सव भएको थिएनन् । यस पटक भने भौतिक रुपमा र केही फिल्म भर्चुअलमा हेराइएको थियो ।
फिल्म फेस्टिभलमा विजेता निम्न प्रकारका रहेका छन् ।

विजेताको सूची

अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : नो ग्राउण्ड बेनेअथ द फिट

राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : वान नाइट इन काठमाडौं : महानगर

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री : गोर्खा गर्ल

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेड : हर्ट अफ गोल्ड

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : अल सिट

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : आइस क्रिम

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशक : वचन व्यञ्जनकार (ट्रफी)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशक : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकार : दिव्य देव (चिसो एष्ट्रे)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकार : मेनका प्रधान (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पटकथा : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म छायांकन : उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे)

कमेन्ट्स
Loading...