सुचना, समाचार र मनोरन्जन

बालेनको पक्षमा जनसागर उर्लिनु नेताको गैर – जिम्मेवार र छाडातन्त्रको उपज हो : निर्मल शर्मा

काठमाडौं +:

British college

स्थानिय चुनावको मत परिणाम आउने क्रम जारी रहेको अवस्थामा सबैको ध्यान कामठमाडौँ महानगर तर्फ मोडिएको छ । युवापुस्ताबीच लोकप्रिय रहेका बालेन शाह मेयर पदमा उठेपछि अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।

बालेनलाई समर्थन गर्दै आएका कलाकार निर्मल शर्माले काठमाडौंमा रहेका मतदातामध्यै ५२ प्रतिशतले मात्र मतदान गर्नु र बालेनका पक्षमा जनसागर उर्लिनुलाई राजनितिक दलको कमजोरीका उपज रहेको बताएका छन् । उनले नेताहरुलाई सम्बोधन गर्दै नेताहरुको गैरजिम्मेवार र छाडातन्त्रकाको उपज रहेको बताएका छन् ।

‘डियर नेताज्यूहरु, चुनाबी परिणाम त आफ्नो ठाँउमा होला तर काठमाण्डौमा जम्मा ५२ % मत मात्र खस्नु अनि बालेन शाहको उम्वेदारी प्रती यो जनसागर उर्लीनु भनेको हजुरहरुकै गैर जिम्वेबार पन र छाडातन्त्रको उपज हो’,उनले लेखेका छन्,‘तयार रहनुस्देशमा अब स्वतन्त्र यूवाहरु जाग्दैछन ।’

कमेन्ट्स
Loading...