सुचना, समाचार र मनोरन्जन

निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि देशभर शान्तिपूर्ण प्रदशन र दिप प्रज्वलन [ भिडियो सहित ]

आशिष पुरी \ पोखरा

निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि देशभरमा शान्तिपूर्ण प्रदशन र दिप प्रज्वलन गर्ने कार्यक्रम आज सम्पन्न भएको छ । न्यायको माग गर्दै निर्मलाको आत्माले शान्ति पाओस भनि काठमाडौँ, पोखरा, बर्दिया, बुटवल, डोटी, दैलेख, इटहरी जस्ता देशका मुख्य सहरहरुमा कार्यक्रम भएको हो ।

निर्मला पन्तकोको बलात्कार पछी हत्या भएको ३ वर्ष पुरा हुदा सम्म पनि उनले न्याय नपाएको हुदा दोषीलाई कारबाहीको माग राख्दै पन्तको आत्म शान्तिको लागि मिशन टु सपोर्ट को आयोजना र केहि सहआयोजक  सामाजिक ग्रुपहरु मिलि आज मंगलबारको दिन देशभर ५ बजे दिप-प्रज्वलन कार्यक्रम भएको मिशन टु सपोर्टका एडमिन युनिक छेत्रीले जानकारी दिए ।

No description available.

पन्तकोको बलात्कार पछी हत्या भएको ३ वर्ष पुरा हुदा पनि सरकारले वास्ता नगरेको भएर एक पटक सरकारको ढोका ढक्डकाउने किसिमले र विभिन्न स्थानहरुमा दिप प्रज्वलन कार्यक्रममा सहभागि भइ दवाब सिर्जना गरौ भन्ने हेतुले मिशन टु सपोर्टले यो कार्यक्रम आयोजना गरेको छेत्री बताउछन ।

देशभर शान्तिपूर्ण प्रदशन हुदै गर्दा पोखरामा २० देखि ३० जना युवा जम्मा भएर शान्तिपूर्ण प्रदशन र दिप प्रज्वलन गरेको पोखराकि कार्यक्रम संयोजक अभियन्ता सलिजा श्रेष्ठले जानकारी दिई ।

कोरोनाको माहामारीको बेलाले गर्दा हामी सामाजिक दुरी कायम गर्दै २०-३० जना उपस्थित भएर कार्यक्रम गरेको र कार्यक्रममा उपस्थित हुनेले सबै जनाले अनिवार्य मास्क लगाउनु भएको समेत संयोजक श्रेष्ठले भनिन् ।

कमेन्ट्स
Loading...