सुचना, समाचार र मनोरन्जन

दयाहाङ अभिनित ‘नीरफूल’को ट्रेलरमा भुकम्पको कथा

काठमाडौं :

दयाहाङ अभिनित फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको ट्रेलर शुक्रबार रिलिज गरेको हो। आगामी जेठ २६ गते रिलिजको तयारीमा रहेको फिल्ममा २०७२ सालको भूकम्पको कथावस्तुमा निर्माण गरिएको छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको मुख्य भूमिका रहेको छ। ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्षलाई प्रस्तुत गरिएको छ।
पत्रकार फूलमान बलले निर्देशन गरेको यस फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा रहेकी छन्।धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेंसी र काठमाडौंमा छायांकन गरिएको फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन्।

नमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । यस फिल्ममा सचिन घिमिरे एसोसिएट निर्देशक रहेका छन् ।नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ।

कमेन्ट्स
Loading...