सुचना, समाचार र मनोरन्जन

नीता आचार्यको ‘झिमझिम परेली’को चर्चा

काठमाडौं :

लामो समयदेखि प्रवासमा रहेर गायनमार्फत अनबरत रूपमा नेपाली गीतसंगीतमा लागिरहेकी नीता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच यक्त गीतको भिडियो रिलिज गरिएको हो।

गायिका आचार्य र प्रताप दासको स्वरमा रहेको यस गीतको भिडियोलाई वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो।

गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।

                                                                             गायिका ज्ञानु राणा

गायिका रानाले नीताको भविष्य उज्जल रहेको बताउँदै गीत मन परेको बताईन। उनले आफुसँग गीत गाउने अधिकांश कलाकारहरु बितिसकेको भन्दै केहि छिन भावुक बनाईन्।अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताए।

गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिए। गायिका बुबा सुरेन्द्र आचार्यले आफ्ना भनाई राख्दै छोरीलाई बधाई तथा शुभकामना दिएका थिए। संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाए । कार्यक्रममा अतिथि र गीत एवम् भिडियोसँग सम्बन्धित स्रष्टालाई मायाको चिनो प्रदान गरिएको थियो ।

गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेको बताईन्। कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले गरेकी थिइन्। डिपी खनालको शब्द रचना रहेको गीतमा शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । कुमार केसीले स्टुडियो फिलमा रेकर्डिङ गरेको गीतमा अशोक महर्जनको ध्वनि सम्पादन र मिश्रण छ ।

केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन,बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो निता आचार्यअफिसियल युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तस्बिर : सुरेन्द्र थापा

Leave A Reply

Your email address will not be published.