सुचना, समाचार र मनोरन्जन

हरिहर र नीताको ‘ह्रस्व दीर्घ’भारतबाट छायांकन सुरु

काठमाडौं : 

फिल्म ‘ह्रस्व दीर्घ’को अन्ततः छायांकन सुरु भएको छ । सोमबार भारतको हैदराबादमा रहेको रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । यो फिल्म एक वर्ष अघि घोषणा भएको थियो । फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले एक भिडियो सन्देशमार्फत् फिल्मको सुटिङ सुरु भएको जानकारी दिएकी हुन् ।

‘फिल्मको बारेमा हामीले धेरै वर्णन ग¥यौं । अब चाहिँ बल्ल छायांकन सुरु भएको छ । संसारकै सबैभन्दा ठूलो स्टूडियोमा नेपाली फिल्म खिच्नु भनेको नेपाली र नेपाली फिल्म इन्डष्ट्रीका लागि धेरै ठूलो कुरा हो जस्तो लाग्छ,’उनले भनेकी छन्,‘पहिलो कदम मैले चालेँ, अब तपाईंहरुको साथ, माया र आर्शिवाद चाहिएको छ ।’

चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा नीतासँगै हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, वसिम राजा, साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहनेछ । नीता फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लागत चार करोड बढी अनुमान गरिएको छ । प्रेमकथाको विषयमाथि बन्न लागेको यो फिल्मलाई भारतिय छायांकार कवीरलालले खिचिरहेका छन् ।

कमेन्ट्स
Loading...