सुचना, समाचार र मनोरन्जन

एनआरएनए जापान कान्तोको संयोजकमा बागलुङका दिपेश खत्री निर्विरोध

  •  
  •  
  •  
  •  

पोखरा / 

गैरआवासीय नेपाली संघ, (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको संयोजकमा दिपेश खत्री सर्वसम्मत चयन भएका छन् । बागलुङ जिल्ला गलकोट हरिचौर ५ का खत्री मे ३० तारिक (आइतबार) सम्पन्न सातौ अधिवेशनबाट नयाँ कार्यसमितिमा सर्वसम्मत चयन भएका हुन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका १४ मा बसोबास गर्दै आएका खत्री हाल लामो समय देखि जापानमा छन् । जापानमा रहेर पनि सामाजिक सेवामा समेत उनको दखलता पाइन्छ । नेपालमा प्राकृतिक प्रकोपको चपेटामा परि समस्या खेपीरहेकाहरुलाई उनले सहयोग गर्दै आएका छन् ।

अन्तिमसम्म संयोजकको दाबेदारी प्रस्तुत गरेका भीमसेन रायले खत्रीलाई समर्थन गरेपछि कान्तोको सम्पूर्ण समिति सर्वसम्मत बन्न सफल भएको बताइएको छ । नयाँ कार्य समितिको कार्यकाल २०२१ देखि २०२३ सम्म रहने जानकारी गराइएको छ ।

संयोजक जस्तो गरिमामय पदमा निर्विरोध चयन भएपछि गैर आवासीय नेपाली संघ एनआरएनएका अन्तराष्ट्रिय युवा संयोजक हिमाल गुरुङले पनि खत्रीलाई बधाई दिँदै खुशी व्यक्त गरेका छन् । यस्तै, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानु ढकालले समेत खत्री गैरआवासीय नेपाली संघ एनआरएनए कान्तो जापानको संयोजक जस्तो पदमा निर्विरोध निर्वाचित भएकोमा बधाई सहित शुभकामना दिएका छन् ।

संयोजकमा खत्रीसंगै उपसंयोजकमा सुरेश केसी, सैलेन्द्र खड्का त्यस्तै महिला उपसंयोजकमा ललिता तामांङ चयन भएको निर्बाचन समितिले जानकारी गराएको छ ।

त्यसैगरी, अन्य पदहरु अन्तर्गत सचिवमा सागर कार्की सहसचिबमा महेन्द्र राउत र दिपक सुबेदी (विप्लब) छन् भने कोषाध्यक्ष बिनोद राई, सहकोषाध्यक्ष पुरन्जन नेपाल छन् । सदस्यमा अशोक भट्टराई (बिद्यार्थी), सुबिन सुब्बा (महिला) सोहन खत्री सर्बसम्मत चयन भएको जानकारी गराइएको छ ।

कमेन्ट्स
Loading...