काठमाडौं / नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। आन्दोलनमा सहभागी एक स्वास्थ्यकर्मीले दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनबाट आनाकानी भइरहेकाले आन्दोलित हुनपरेको बताएका छन्।
उनीहरूले अहिले केही स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा रहेको र बाँकी सबै अस्पताल परिसरमा स्वास्थ्यकर्मीको सुरक्षा र दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको बताएका छन्।
२४ घण्टाभित्र दोषीलाई सार्वजनिक गरि कडा कारबाही गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको माग छ। उनीहरुले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई लखेटी लखेटी जहाँ भेटिन्छन् त्यही लातीले हान्ने तथा घाँटी अठ्याउने जस्ता अमानवीय हर्कत देखाएका थिए। थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदापनि त्यहाँ पनि लखेटेपटि एक जना डाक्टर र ३ जना नर्स ज्यान जोगाउन छतबाट हाम फालेका थिए। उनीहरु घाइते छन्।
