सुचना, समाचार र मनोरन्जन

‘ओई मेरी रामप्यारी’मा सुशान्त र लोसिना

काठमाडौं :

लामो समयको अष्ट्रेलिया बसाईपछि केहि महिना अघि नेपाल फर्केका सुशान्त कार्की म्युजिक भिडियोमा देखिन थालेका छन्। नेपाल फर्केसँगै उनले एकपछि अर्को म्युजिक भिडियोमा काम गरिरहेका छन् ।

एक दर्जन फिल्ममा काम गरेका सुशान्त अभिनित कमब्याक म्युजिक भिडियो रिलिज भएको छ । ‘नेपाल आइडल सिजन २’ विजेता गायक रवी ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’को भिडियो रिलिज भएको हो । सार्वजनिक म्युजिक भिडियोमा सुशान्तलाई मोडल लोसिना लामिछानेले साथ दिएकी छन् ।

हर्क साउँदको शब्द रचना र एसडी योगीको संगीत रहेको गीततलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । शिवराम श्रेष्ठकको डिओपी रहेको भिडियोमा नविन निरौलाको कलर तथा सम्पाद र प्रमोद कुमार भण्डारीको कोरियोग्राफी र निर्देशन छ ।

कमेन्ट्स
Loading...