सुचना, समाचार र मनोरन्जन

लामो समयको अन्तरालमा माधवकुमारको मुख हेरे ओलीले

काठमाडौं :

नेपाली कांग्रेसँगको गठबन्धन टुटेपछि नबोल्नेसँग पनि माया प्रेम गाँस्न नेताहरुको दौडधुप रहेको छ। यहि क्रममा पानीबाराबारको अवस्थामा पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

मंगलबार उनी नयाँ गठबन्धनमा सहकार्य गर्नका लागि आग्रह गर्दै कुनै समयका आफ्नै सहकर्मी तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन। ओली र नेपालको द्धन्द्धले विभाजित बनेका उनीहरुबीच बोलचाल गतिलो थिएनन भने ओली नेपाल निवास पनि पुगेका थिएनन् ।

त्यसैले लामो अन्तरालपछि नेपालको घर ओलीले टेकेका हुन्। हिजो मन्त्री मण्डलको सपथ कार्यक्रममा समेत सरिक नभएपछि प्रधानमन्त्री आफै नेपाललाई भेट्न पुगेका हुन्। मंगलबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन्। तर प्रचण्डले धोका दिएको भन्दै उनी रुष्ट बनेका छन्।

Leave A Reply

Your email address will not be published.