सुचना, समाचार र मनोरन्जन

विपक्षीलाई सांसद ओमकला गौतमको कटाक्ष : खिचडी सँधै पाक्दैन

  •  
  •  
  •  
  •  

पोखरा / 

नेपाली कांग्रेसकी सांसद ओमकला गौतमले विपक्षीलाई खिचडी सँधै नपाक्ने भन्दै कटाक्ष प्रहार गरेकी छिन् । गण्डकी प्रदेश सभाको आठौं अधिवेशनको पन्ध्रौं बैठकमा विशेष समय लिँदै उनले विपक्षीले उठाएको खिचडीको महत्व बुझ्नुपर्ने तर्क प्रस्तुत गरेकी छिन् । उनले अहिलेको सरकार जनताप्रति बफादार भएको उल्लेख गरिन् । भनिन्, “जनता प्रति उत्तरदायी नभएको भए मनाङमा मुख्यमन्त्री जानुहुन्थेन । जनता प्रति सरकार गम्भिर । खिचडीको महत्व नबुझेका लाई खिचडी भनेको विशेष दिनमा पाक्छ भनेर बुझाउन चाहन्छु ।”

बालुवाको घर बनाउन खोज्नुको कुनै अर्थ नभएको उनले बताइन् । मजबुत घरमा समिश्रणको आवश्यकता हुने उनले बताइन् । सरकार अपवित्र नभएको र विपक्षीले परिकल्पना गरेजस्तो सरकार नभएको उनले जानकारी गराइन् ।

कमेन्ट्स
Loading...