सुचना, समाचार र मनोरन्जन

चौथो ओएसनेपाल म्युजिक अवार्डको आवेदन खुल्ला

काठमाडौँ : 

सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएस नेपाल म्यूजिक अवार्ड–२०८०’ आयोजना हुने भएको छ । आयोजकले नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित ६१ विद्या अवार्ड गर्न लागेको हो ।

आयोजकका अनुसार अवार्डमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ । अवार्डमा भागलिंदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्ने समेत आयोजकले जनाएको छ ।

एप्लिकेसन पाट्नर नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रोसँगको हुनेछ । अवार्ड र फारम भर्न ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

कमेन्ट्स
Loading...