काठमाडौं ।
नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल्ने एक युवकलाई शुक्रबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले पक्राउ गरेको छ ।
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ७ गल्फुटार बस्ने ३८ वर्षीय हरि थापा मगर रहेको बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक ९इन्सपेक्टर० राजकुमार तामाङले जानकारी दिए ।

थापामगरले नगर प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै ६ जनासँग ६७ हजार ७५० रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको इन्सपेक्टर तामाङले बताए ।
फर्जी प्रवेश पत्र समेत बनाएर ठगी गरेको अवस्थामा थापामगर पक्राउ परेका हुन् । बुढानिलकण्ठ प्रभागले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ ।