सुचना, समाचार र मनोरन्जन

बोर्डबाट विशेष फिल्ममा परेको ‘पंचायत’ युट्युब ट्रेन्डिङमा

काठमाडौं :

युटुबमा फिल्म ‘पंचायत’लाई दर्शकले मन पराएका छन् । रिलिज भएको केहि दिनमा नै यतिाबेला फिल्म युट्युबको ट्रेन्डिङ पाँचौ स्थानमा रहेको छ ।

युट्युबको ट्रेन्डिङ चौथो स्थान हँुदै पाँचौमा उक्लिएको हो । यो समाचार तयार पर्दा सम्म १६ हजार भन्दा बढी लाईक मिलेको छ । त्यस्तै ७ लाख १२ हजार भन्दा बढी पटक हेरिएको छ। अहिलेसम्म साढे तिन सय भन्दा बढी राम्रो कमेन्ट आएको छ । फिल्मलाई सकरात्मक कमेन्ट मिलेको छ ।

वि.स. २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई फिल्मले सुन्दर ढंगबाट प्रस्तुत गरेको छ ।
यो फिल्म विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो। अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा यो फिल्मले विदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र नायिका नीता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्रीको पुरस्कार जित्न सफल भएका थिए । त्यस्तै फिल्मले विकास बोर्ड विशेष चलचित्रमा छनोट भई पुरस्कृत भएको थियो ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी,सुचित्रा उप्रेती,अश्विनी कोइराला ,प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेको यो फिल्ममा गणेश गिरीको प्रस्तुति रहेको छ । यस फिल्ममा निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् भने लेखन तथा निर्देशन शिवम् अधिकारीको छ । त्यस्तै फिल्ममा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ । यो फिल्म २०७४ सालमा प्रदर्शनमा आएको थियो ।

कमेन्ट्स
Loading...