एजेन्सी । प्याराग्लाइडिङलाई साहसिक खेल भनिन्छ । त्यसैले आँटिला मान्छेहरू मात्रै प्याराग्लाइडिङमार्फत आकाशमा उड्छन् । यसैबीच आकाशमा उडिरहेको एक जोडीलाई गिद्धले पछ्याएको छ ।
स्पेनको एक पर्वतमा प्याराग्लाइडिङ गरिरहेको एक जोडीलाई गिद्धले उनीहरूसँगै उड्ने र उनीहरूको सेल्फी स्टिकमा बसेको भिडियो सार्वजनिक भएको छ ।
बताइएअनुसार गिद्धलाई सँगै उड्ने तालिम दिइएको थियो । यसको आरम्भ स्कट मेसनले गरेका हुन् भने यसलाई प्याराहकिङ नाम दिइएको छ । यसमा तालिम दिइएका चराहरूले मेसनलाई थर्मल कोलमतर्फ निर्देशित गर्छन् ।

भिडियो हेर्नुहोस् :