सुचना, समाचार र मनोरन्जन

जालमा जेलिएको जलारी जिन्दगी

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /

                                                                                   परिचय फिचर…

मनमा घुमफिरको रहर हुँदाहुँदै पनि कोरोना कहरका दुई चक्रलाई घरभित्रै बसेर विताउन वाध्य भए पर्यटक । यसपालीको दसैंतिहार बिचमा प्रकृतिले सिँगारिएको पोखरा हेर्न आउने आन्तरिक पर्यटकको संख्या ह्वास्तै बढ्यो । बास बस्नका लागि लेकसाइडका होटलहरू खचाखच भरिए । लेकसाइडको चहलपहल चलायमान भयो ।

नजिकै देखिने माछापुच्छ्र«े र अन्नपूर्ण हिमाल सेतै टल्किन्छन् । पोखरा घुम्नका लागि आर्कषक गन्तव्य धेरै छन् । पोखराकै आर्कषण मध्येको एक हो फेवाताल । नेपालकै दोस्रो ठूलो फेवातालको स्वच्छ पानी, माछापुच्छ«ेको प्रतिविम्ब र बाराही मन्दिर जस्ता कुराले पोखरा आउने पर्यटकलाई निकै मोहित पार्दछ । घुमफिरसँगै खानपान र रमाइलो गर्छन पर्यटक तर त्यही फेवातालको भरमा पुस्तौनी जीवन गुजारेका सीमान्तकृत समुदाय जलारीको वास्तविकता भने कमैलाई थाहा हुन्छ ।

गीतमा सुनिले माझी दाइ पोखरा फेवातालको….. गुनगुनाउनु रमाइलो नै छ । माझी र जलारीको जीवको मर्म भने अँध्यारो छ । नेवार जात र थर मात्रै होइन सभ्यता नै हो । कामका आधारमा थर रहने चलन नेवारी सभ्यतामा देखिन्छ । जलारी नेवार समुदायभित्रको उपेक्षित र सीमान्तकृत वर्ग हो । खोला, नदी, तालमा माछा मारेर जीविकोपार्जन गर्ने जलारीको भाषा र संस्कृति सवै नेवार जातिसँग हुबहु मिल्छ । यद्यपि नेवार समुदायभित्रको पनि दलितका रूपमा हरेको पाइन्छ । तालमै जाल हानेर, माछा मारेर जिन्दगानी विताएका यिनै जलारी समुदाय पोखराका रैथाने हुन भन्नेमा मानवशास्त्री अध्ययनले पनि पुष्टि गरेको छ । आधुनिक समाजको विकाससँगै अन्य मानिसको आम्दानी र गरिखाने मेसो बढ्दै गयो तर जलारी जातीको माछा मार्ने र बेच्ने मात्रको सीमित आय र परम्परागत पेशाले निर्वाहमुखी भन्दा माथि उठ्न सकेन । पोखराको मुख्य बजारबाट धकेलिएर ताल र खोलाका किनारतिर बसाइ सरे । ५० वर्ष अगाडि पोखराको मुटु नयाँबजारमा ३ सय घरधुरी भएका जलारी तितरवितर हुँदै फेवाताल, वेगनासताल, खपौंदी, याम्दी र पोखरा छेउछाउतिर पुगे ।

यसरी बसाई सर्ने क्रममा अरू जलारीजस्तै शिवजी जलारी पनि आफ्नो परिवार लिएर खपौंदी आए । त्यही उनको झुप्रो घरमा छोरा इन्द्रबहादुर जलारीको जन्म भयो । इन्द्रबहादुर फेवा किनारमै हुर्के, जीविकाको साधन डुङ्गा र माछीजालसँगै तन्नेरी भए । यतिबेला उनी समग्र जलारी समुदायलाई नेतृत्व गर्दै अध्यक्ष भएका छन् । १ सय घरधुरीको एकै समुदाय समावेश भएको ‘हर्पन फेवा मस्त्य सहकारी संस्था’ का अध्यक्ष इन्द्रबहादुर भन्छन्– हाम्रो जलारी समुदायका ९५ प्रतिशत मान्छेको व्यवसाय नै यही परम्परागत माछा मार्ने र विक्री गर्ने मुख्य पेशा हो । २०५१ सालदेखि विविधवत रूपमा माछा व्यवसाय समिति पोखरामा सक्रिय छ ।

 

भौगोलिक रूपमा नेपालको सबभन्दा ठूलो महानगरपालिका र पर्यटकीय गन्तव्य पोखराको वडा नं. ६, १८ र २४ मा पर्ने फेवातालको छेऊमा बस्ने यी जलारी समुदायको नजिकै सहर भरिभराऊ छ । पर्यटकीय गतिविधि बढ्दो छ, वर्षेनी करोडौंका होटल थपिदै छन् तर जलारी गुजाराका लागि तालको पानी, डुङ्गा, माछा र जालमा जेलिएका छन् ।

नयाँ पुस्ताका एक दुई जना होटल व्यवसाय, गाडी व्यवसाय र वैदेशिक रोजगारीमा भए पनि अधिकांशले यही पुख्र्यौली पेशा धानिरहेका छन् यसैले नै जीवन गुजारा गरिरहेका छन् । भौगोलिक रूपमा नेपालको सबभन्दा ठूलो महानगरपालिका र पर्यटकीय गन्तव्य पोखराको वडा नं. ६, १८ र २४ मा पर्ने फेवातालको छेऊमा बस्ने यी जलारी समुदायको नजिकै सहर भरिभराऊ छ । पर्यटकीय गतिविधि बढ्दो छ, वर्षेनी करोडौंका होटल थपिदै छन् तर जलारी गुजाराका लागि तालको पानी, डुङ्गा, माछा र जालमा जेलिएका छन् ।

यही तालले पोखराको फेवाताल हाम्रा नातिका पालामा पोखरीमा सीमित हुनेछ ।

पछिल्लो समय विकाससँगै विनास पनि बढ्दै गएको छ । ताल पुरिनु, अतिक्रमण हुनु, जलकुम्भी मौलाउनु, प्रदूषण बढ्नुले जलारी समुदायको पेशा नै संकटमा परेको छ । इन्द्रबहादुर भन्छन्– हामीले जाल थापेर माछा मार्ने ताल अहिले धान खेत भइसकेको छ । यही तालले पोखराको फेवाताल हाम्रा नातिका पालामा पोखरीमा सीमित हुनेछ ।

जलारीले अर्को चिन्ता पनि व्यक्त गरे– फेवातालका रैथाने माछा मासिदै छन् । विकासे माछाको रजाई छ । ताल प्रदूषण हुँदा लोकल माछा मासिएका छन् । त्यसैले आयतित माछाले पोखराको बजार ढाकेको छ। पोखरामा माछाको मूल्य ३ सयदेखि १२ सयसम्म छ । लोकक माछा तराईको भाऊ दिनै सकिदैन् । उपभोक्ता सस्तोमा आकर्षित हुँदा रैथाने माछाले मूलय पाएको छैन् । अब जलारीको भविष्य जालमा छैन्।

फेवाताल राष्ट्रिय सम्पाद त हुँदै हो, पोखराको गहना पनि । पोखरेली पर्यटन व्यवसायीको जीवन आधार हो । छिट्टै पर्यटनको राजधानी घोषणाको तयरीमा छ । फेवा सिंचाई, पावरहाउस, डुङ्गा व्यवसाय पनि फेवातालसँग जोडिएका छन् । वि.सं. २०१८ मा गरिएको सर्वेअनुसार फेवाताल १०.१ वर्ग किलोमिटरमा फैलिएको थियो । २०७७ सालको राष्ट्रिय स्तरको फेवाताल सिमाङ्कन समितिले तयार पारेको प्रतिवेदनमा तालको क्षेत्रफल ५.७२ वर्ग किलोमिटरमा खुम्चिएको छ ।

इन्द्रबहादुर आफै प्रश्न भएर प्रश्न गर्छन्– ‘फेवाताललाई भजाएर डलर कमाउने त विदेशै जालान तर जलारी कहाँ जाने ?’

१ सय २३ वगकिमी जलाधार क्षेत्र भएको र १८ किमी परिधिभित्र समेटिएको फेवामा वर्षेनी १ लाख ४२ हजार मेट्रिकटन माटो थिग्रिन्छ । तथ्याङ्क विश्लेषण गर्दा पोखराको गहना नासिदोँ अवस्थामा छ । यसैलाई जीवन गुजाराको आधार बनाएका जलारी समुदाय पनि आफ्नो पेशाबाट वञ्चित हुने खतरा छ ।

इन्द्रबहादुर आफै प्रश्न भएर प्रश्न गर्छन्– ‘फेवाताललाई भजाएर डलर कमाउने त विदेशै जालान तर जलारी कहाँ जाने ?’

कमेन्ट्स
Loading...