सुचना, समाचार र मनोरन्जन

पोखरालाई पानीको प्यास

  •  
  •  
  •  
  •  

  घनश्याम पौडेल /

                                                                                           परिचय फिचर…

पोखरा आफैमा पानीको चरित्र भएको सहर हो । नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँका रूपमा पनि पोखरालाई चिनिन्छ । भारतको चेरापुन्जीको उपमा पोखराले पाएको छ । तालै तालको सहर पोखरामा नदीनाला, झरना, दह, कुण्ड, पोखरी भए पनि पोखरालाई पानीको प्यास छ, पोखरेलीलाई पानीको पीडा पनि छ ।
मान्छे हिमाल, हिमाल मान्छे भईदिँदो रैछ
माछापुच्छे« फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साँच्चिकैको पोखरा नै रैछ

गीतकार प्रेमप्रकाश मल्लको यो गीतले भने झैं पोखरा अझंै त्यस्तै छ त ? सुन्दर पोखरा अझै सुन्दर बनाउने पोखराको प्राकृतिक पानीको अवस्था के छ भन्ने पनि चासोको विषय हो ।

‘चरी वनभरी, छेउमै फेवाताल, तीर्खा मनभरी’ भने झै पार्दी पोखराकी टिकामायाको बिहानी पानी बोक्दैमा जान्छ । उनको घरमा खानेपानीको धारा त छ, अनि पानी पनि आउँछ । तर पनि पानीको लागि बिहानै उठेर सानो डोकोमा पानीका २ जार राख्छिन र लाग्छिन १५ मिनेट टाढा मूलको पानी भएको धारापानीतिर ।

‘चरी वनभरी, छेउमै फेवाताल, तीर्खा मनभरी’ भने झै पार्दी पोखराकी टिकामायाको बिहानी पानी बोक्दैमा जान्छ । उनको घरमा खानेपानीको धारा त छ, अनि पानी पनि आउँछ । तर पनि पानीको लागि बिहानै उठेर सानो डोकोमा पानीका २ जार राख्छिन र लाग्छिन १५ मिनेट टाढा मूलको पानी भएको धारापानीतिर । किन घरमा धारो हुँदाहँुदै त्यति टाढा पानी बोक्न गएको भनी सोध्दा उनी भन्छिन– घरको धारामा आउने पानी पिउन योग्य छैन । हामी त लुगाधुने, भाडाधुने काममा मात्र प्रयोग गर्छांै । पिउन र खाना बनाउन त मूलको पानी सफा अनि मिठो पनि हुन्छ ।

आजकल बिहानी समय टिकामाया जस्तै पानी भर्ने पार्दीतिरका पोखरेलीको भिड छोरेपाटनदेखि उत्तरको डाँडोको खोचमा रहेको धारापानीमा सधै देखिन्छ । त्यहाँ मात्र हैन पोखरेलीहरू आफ्नो पायक पर्ने छेउछाउको मूलकुवाको पानी खोज्न गाडी लिएर नै जान्छन् ।

माटेपानी बस्ने फोटो पत्रकार राम गुरुङ् भन्छन्– म त खानेपानी लिन हरेक बिहान बाइकमा श्रीमतीसहित आधा घण्टा पर आर्बाको पधँेरोमा जान्छु । बिहानै मूलको चिसो पानी अँजुलीले पिउँछु र गाग्रीमा भरेर पनि ल्याउँछु ।

माटेपानी बस्ने फोटो पत्रकार राम गुरुङ् भन्छन्– म त खानेपानी लिन हरेक बिहान बाइकमा श्रीमतीसहित आधा घण्टा पर आर्बाको पधँेरोमा जान्छु । बिहानै मूलको चिसो पानी अँजुलीले पिउँछु र गाग्रीमा भरेर पनि ल्याउँछु । पोखरा विन्धबासिनी क्षेत्रका पनि उतैको धारापानी भन्ने ठाउँमा जान्छन् भने बैदामबासी नजिकैको फेवाताल र डाँडाको फेदीमा भएको पधँेरोतिर । ड्यामसाईडबासी तालपारीको रानीबनबाट ल्याएको मूलको पानी भर्न ड्यामसाईड पार्क नजिकैको धारामा भिड लाग्छन् । बिहान अन्य सयौ मानिसहरू पानी लिन पधेँरा धाउनेको ताँती देखिन्छ ।

नदीपुर निवासी नाट्यकर्मी प्रकाश घिमिरे पानी लिन कै लागि पैदल भलामसम्म पुग्ने गर्छन् । कसरत पनि हुने, मूलको पानी पनि पिउन पाइने उनको सरल र सहज उत्तरले हो त भन्न करै लाग्छ ।

नदीपुर निवासी नाट्यकर्मी प्रकाश घिमिरे पानी लिन कै लागि पैदल भलामसम्म पुग्ने गर्छन् । कसरत पनि हुने, मूलको पानी पनि पिउन पाइने उनको सरल र सहज उत्तरले हो त भन्न करै लाग्छ । पोखराको मध्यभाग भएर बनाइएका सेतीनहर, फेवानहर बिजयपुरनहर पनि घरायसी प्रयोजनको पानीका श्रोत हुन् । अझै नजिकै पानीपधँेरो वा मूल नहुने पोखरेलीहरू प्रशोधित जारको पानी र मिनरल वाटर बोटलको पानी खान्छन् । यसरी घरमा खानेपानीको धारा हुँदाहुँदै पनि किन पोखरेली बाहिरको पानी खोज्न बाध्य छन त ? वा किन फोहर पानीखानु पर्ने वा पधँेरा धाउनु पर्ने ? विकसित देशमा त पानी खाएर नै विरामी भयो भने त्यसको दायित्व सरकारले बेहोर्नु पर्ने हुन्छ अर्थात् अदालतमा मुद्धा पर्नसक्छ खानेपानी संस्थानविरुद्ध ।

पोखरेलीको पानी अड्डा खानेपानी संस्थान पोखराका प्रवक्ता दिनेश्वरप्रसाद यादव भन्छन्– वर्षाको बेला मुहानमा पानी धमिलो आउँछ, हामीसँग प्रशोधन गर्ने सिल्ट्रेसन प्लान्ट छैन् । नत उपचार गर्ने कुनै विधि नै छ , त्यसैले जस्तो पानी आउँछ उपभोक्ताको धारामा त्यस्तै पानी जान्छ । जाइकाको सहयोगमा मर्दीमा सिल्ट्रेसन बन्दैछ अब सफा पानी पाउन सकिन्छ तर कहिले काम सकिन्छ भन्न सकिदैन् ।

प्रकृतिको सुन्दरताले भरिपूर्ण पोखरालाई पानीको राजधानी पनि भनिन्छ । पोखरामा फेवाताल, बेगनासताल लगायत ९ ताल र पोखरीहरूको पोखरा उपत्यका जताततै पानीले नै चिनिन्छ । अझ् उत्तरमा अन्नपूर्ण, माछापुच्छ«ेजस्ता हिमश्रृंखला र त्यहाँबाट बग्ने सेती नदी पोखराको मध्यभागबाट बगेको छ । पोखरा नजिकै हपर्नखोला , अँधेरीखोला, फुस्रेखोला, बिजयपुरखोला, काहुँखोला, कालीखोला मर्दीखोला र अन्य धेरै खोलाहरू बग्छन् । पोखराको नजिकै डाँडाको खाँेचतिर प्राकृतिक मूल, कुवा, पधँेराहरू छन् । यसरी पोखरामा जताततै पानी भए पनि पोखरेलीको खाने पानीमा आफ्नै पीर छ ।

पोखराको खानेपानी संस्थानले झण्डै ४५ हजार घारा जडान गरेको छ । मर्दीखोलाबाट २० ईन्चको पाइप बिच्छाई प्रतिसेकेण्ड १ सय लिटर पानी झर्ने गरि पोखरामा ल्याइएको छ, यो पानी कूल मागबमोजिमको ७० देखि ८० प्रतिशत हो । बाँकी १० प्रतिशत वरपरका गाउँ तथा डाँडाहरूको साना खानेपानी आयोजन बनाइ यसै उपत्यकामा ल्याइएको छ ।

पोखरा उपत्यका क्षेत्रको मात्र जनसंख्या साढे ३ लाख छ । त्यस मध्य दुईतिहाई जनसंख्या पूरानो पोखरा अर्थात् बिजयपुर खोलावारी बस्छन् । बिजयपुरपारी पूरानो लेखनाथमा भने लेखनाथ खानेपानी आयोजनाले राम्रो काम गरेका छ भन्छन् त्यहाँका इन्जिनियर रमेश गिरी । उनका अनुसार १४ हजार ग्राहक भएको आयोजनाले करिव ९० प्रतिशतलाई पानी पु¥याएको छ भने अर्को योजना पनि बन्ने तरखरमा छ । तर धेरै जनसंख्याको बसोबास भएको पोखरामा भने ठिक उल्टो समस्या छ । पोखराको खानेपानी संस्थानले झण्डै ४५ हजार घारा जडान गरेको छ । मर्दीखोलाबाट २० ईन्चको पाइप बिच्छाई प्रतिसेकेण्ड १ सय लिटर पानी झर्ने गरि पोखरामा ल्याइएको छ, यो पानी कूल मागबमोजिमको ७० देखि ८० प्रतिशत हो । बाँकी १० प्रतिशत वरपरका गाउँ तथा डाँडाहरूको साना खानेपानी आयोजन बनाइ यसै उपत्यकामा ल्याइएको छ । यसरी ल्याउँदा पनि पानी अपुग भएर पोखरेलीहरू विभिन्न बोरिङ् वाटरबाट बेचिएको पानी ट्याकरबाट मगाउने, जार र बोतलको पानी किन्ने गरेको पाइन्छ ।

कास्की जिल्लामा मात्र ४१ वटा पानी प्रशोधन तथा बिक्रीबितरण गर्ने कम्पनी छन् । तर पनि वर्षा याममा वरपर डाँडापाखामा मूल फुट्ने हुँदा पानी प्रसस्त भएर त्यति धेरै समस्या नदेखिए पनि हिउँदमा त बिकराल समस्या बन्दै आएको छ । पोखराको खानेपानी संस्थानका प्रवक्ता दिनेश्वरप्रसाद यादवकाअनुसार डरलाग्दो कुरा के छ भने अहिले नै पानीको अभाव देखिएको पोखरामा बर्षेनी अत्याधिक जनसंख्या र बस्ती बढेको छ भने पोखरामा भविष्यका लागि नयाँ ठूलो योजना हालसम्म परेको छैन् र बन्दै पनि छैन ।

स्मरण रहोस वि.सं २०५७ मा पोखराको जनसंख्या १ लाख ५० हजार थियो भने अहिले ४ लाख माथि छ । पोखराको खानेपानीआयोजना भने उही २० वर्ष पूरानो जनसंख्यालाई आधार मानेर बनाएको संरचनामा नै छ । नजिकै श्रोत प्रशस्त हुँदाहुँदै पनि पोखरामा पानीको हाहाकार हुनुको मुख्य कारण सहरमा घर भरिनु अर्थात् अत्याधिक बसाईसराइ हुनु र त्यस अनुकूलको कुनै योजना वा भावी कार्यदिशा नहुनु मुख्य हो । यहाँका नीती निर्माता, राजनीतिज्ञ र केन्द्र स्तरबाट हेर्ने योजनाविद्को कुनै चासो नरहेको देखिन्छ ।

विश्वमा मानिसले अदभूत विकास गरिसके, असम्भव भन्ने कुरालाई सम्भव बनाएर छाडे भने हामीसँग प्रसस्त श्रोत हुँदाहुँदै पनि पोखरेलीलाई किन पानीको दुःख ? किन अभाव भन्ने अनौठो कुरा हो । वर्षको ४ हजार मिलिलिटर भन्दा धेरै वर्षा हुन्छ पोखरामा । गत साल त विगत ५० वर्षमा नै धेरै ५ हजार ४ सय ५३ मिलिलिटर पानी परेको थियो भन्छन् जल तथा मौसम विज्ञान कार्यलय पोखराका सरोज अधिकारी ।
पोखरा नजिकै लुम्लेमा राखिएको वर्षा नाप्ने यन्त्र एग्रोमेट स्टेसनले नेपालमा सबैभन्दा वढि वर्षा भएको रेकर्ड गरिरहेको छ । वार्षिक ११ हजार ८ सय मिलिलिटर वर्षा रेकर्ड भएको संसारको सबैभन्दा धेरै वर्षा हुने भारत, मेघालयको मिजुरम हो । बंगालको खाडीबाट निस्कने बायुका कारण सो क्षेत्रमा मनसुन अत्याधिक हुन्छ । नेपाल पनि त्यही वायु वहने मार्गमा भएकाले मनसुन हुने हो । यसरी पानी अध्याधिक परे पनि खानेपानीको अभाव भएको पोखरामा वर्षाको पानी संकलन गर्ने कुनै आयोजना र सचेतना छैन् ।

सन् २००० तिर भारतको चेन्नाइमा पानीको हाँहाकार मच्चियो । खानेपानीको अभावकै कारण मानिसहरूको सहर र बस्ती सार्नुपर्ने ठहर भयो । तर सन् २००१ मा त्यहाँको सरकारी खानेपानी विभागमा हाकिम भएर आइन शान्ताशिला नायक । उनले सहरको खानेपानी समस्यालाई पहिलेदेखि नै नजिकबाट देखिरहेकी थिइन । जव आइएस अफिसर भएर आइन त्यसपछि वर्षाको पानीलाई उपभोग गर्ने प्रविधि र कानुन दुवैसँगै ल्याइन । सहरका हरेक घरको छतमा रेन हार्भेस्टिङ प्लान्ट जोडन लगाइन । नजोड्नेको खानेपानी लाइनमात्र हैन मलमूत्रफाल्ने गटर समेत बन्द गराउने चेतावनी दिइन । एक वर्षभित्र सहरको खानेपानी क्षेत्रमा क्रान्तिकारी परिवर्तन भयो ।

आखिर वर्षाको पानी संकलन गरेर त्यसलाई छानेर पिउने, भण्डारण तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने जस्ता कार्य गरियो । जसले गर्दा चेन्नाईको खानेपानी समस्या नाटकीय शैलीमा समाधान भयो । त्यसैले अहिले पनि चेन्नाइका जनता शान्ताशिला नायकलाई जल नायिका भनि सम्बोधन गर्दछन् ।

पानीको अभाव पूरा गर्न त्यहाँको तामिलनाडु राज्य सरकारले कानुन नै बनायो । दण्ड, सजायँ र पुरस्कारको व्यवस्था राख्यो । स्थानीय संघसंस्था र मिडियाले पनि सहयोग गरे । आखिर वर्षाको पानी संकलन गरेर त्यसलाई छानेर पिउने, भण्डारण तथा अन्य प्रयोजनका लागि प्रयोग गर्ने जस्ता कार्य गरियो । जसले गर्दा चेन्नाईको खानेपानी समस्या नाटकीय शैलीमा समाधान भयो । त्यसैले अहिले पनि चेन्नाइका जनता शान्ताशिला नायकलाई जल नायिका भनि सम्बोधन गर्दछन् ।

आखिर गरे के नै हँुदैन र ? पोखरालाई सुन्दर बनाउने उत्तरमा ८ हजार मिटर अग्ला ३ वटा हिमाल छन् । तिनै हिमालले जलवायु छेकेर पोखरामा घनघोर वर्षा भैरहन्छ । वर्षाको पानीले पहिरो जाने, भलबाढीले घर, बाटो र विभिन्न संरचना भत्काउने गरेको हुन्छ । यदि पूरै सहरका घरघरले वर्षाको पानी संकलन गरेको खण्डमा सडकमा आउने भलबाढी पनि कम हुन्छ । उता संकलित पानीलाई प्रशोधन गरेर पिउनका लागि मात्र नभएर घरायसी काम र खेती तरकारीलाई सिचाई पनि गर्न सकिन्छ ।

नजिकैका खानेपानीका प्राकृतिक श्रोतको समुचित विकास गर्न सके भावी पुस्ताका लागि समेत सुन्दर पोखरा रहिरहने छ । यदि म केही गर्छु, जे गर्छु सकारात्मक र धेरै जनताले फाइदा पाउने तथा भावी पुस्तालाई पनि हुने विकासका कार्य नै गर्छु भन्ने प्रतिवद्धता सम्बन्धित नेता, सामाजिक कार्यकर्ता र आमसरकारी कर्मचारीमा भए मात्र हामी नेपालीको अवस्था सुध्रिने छ । माछापुच्छ«े हिमाल झंै सुन्दर पोखरालाई हाम्रा पुस्ताका लागि पनि सुन्दर अवस्थामा नै हस्तान्तरण गर्न सक्ने छौं । मेलम्चीको सपनामा काठमाडौैंले काकाकूल जीवन भोगे जस्तो पोखराले पानीको प्यास र पीडामा प्रताडिन नपरोस भन्ने चाहन्छन् पोखरेली नागरिक ।

कमेन्ट्स
Loading...