सुचना, समाचार र मनोरन्जन

आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं ।

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आकर्षक गन्तव्य बनाउने गरी प्रविधिको विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताए ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका आरोही मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किलीपेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ बिदाइ गर्न आज आयोजित कार्यक्रममा उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आरोहण गरेर हिमाल आरोहीले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गरे ।

मन्त्री गुरुङले सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यबाटै मुलुुकलाई सूचना प्रविधिमैत्री बनाउन सकिने स्पष्ट पारे । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहणका क्षेत्रमा नयाँनयाँ कीर्तिमान कायम राख्नेको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए ।

मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लाग्नुभएका आरोहीलाई सफलताको शुुभकामना व्यक्त गरे । मिङ्मा, दावा र किलीले सगरमाथाको पटकपटक आरोहण गरिसकेका छन् ।

मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन आरोहण दलका सदस्यलाई आग्रह गरे ।

बिदाइ समारोहमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायत सहभागी थिए ।

सो अवसरमा आरोहण दलका सदस्यलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरे । भने गौरीशङ्कर गाउँपालिकाले रु दुई लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङगाउँमा मात्रै ६५ जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । रासस

कमेन्ट्स
Loading...