सुचना, समाचार र मनोरन्जन

पर्यटन पसल

हिराबहादुर कार्की /

                                                                                विचार…

जहिलेदेखि नेपाल आकाशबाट विश्वसँग जोडियो पर्यटन क्षेत्रले नेपाली अर्थतन्त्रमा अमूल्य योगदान गरिरह्यो । सनैसनै नेपाली पर्यटनको अर्गानिक विशेषताहरू हराउँदै गए । सन् १९९८ पछाडि राजनीतिको पासोमा फँसेको नेपाली पर्यटन त्यो पासोबाट आजसम्म उम्कन सकेको छैन् । त्यसपछिका अनगिन्ती सरकारको नियत उस्तै भयो । नेपाली युवालाई बोइङ चढाएर अनेकन मुलुकमा पठायो, तिनको रगतपसिना बेचायो र किनेको विदेशी मुद्रा मै मखलेल भयो । भाषणमै सीमित थरिथरी वाद भुल्यो, उपभोगवाद जिन्दावाद भन्यो । त्यसैले विदेशी मुद्रा आर्जन गर्ने अथाह सम्भावना भएको पर्यटन उद्योगलाई ससानो खुद्रा पसल बनाइदियो ।

पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधारहरूमा लगानी गर्नु महत्वपूर्ण हुन्छ भन्ने कुरामा कुनै विवाद नभए पनि यसको लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा फरक दृष्टिकोण र बुझाईहरू त छँदै छन् । तर मेरो व्यक्तिगत दृष्टिकोण यहि हो कि मौलिक संस्कृति, सभ्यता, भौगोलिक विविधता र शान्ति नै नेपाली पर्यटन उद्योगको मूल आधार हुन्, जसलाई गोडमेल गरिरहन आवश्यक छ । यसको गोडमेलका लागि उपाय र साधनहरूको पहिचानले नै नेपाली पर्यटन क्षेत्रको बलियो जग बन्न सक्छ।

सामाजिक–आर्थिक उत्थानमा पर्यटनले अथाह योगदान गर्न सक्छ । आर्थिक स्तम्भ, विदेशी मुद्रा आर्जन, रोजगार, जीवनस्तरमा सुधार ल्याउने सवालमा पर्यटन उद्योग अत्यन्तै महत्वपूर्ण छ । सम्भवत हाम्रा लागि अझै धेरै महत्वपूर्ण छ, जहाँ विदेशी मुद्राको अभावले सधैँजसो विकासका कार्यक्रमहरूलाई रणनीतिक मुक्का हान्ने गरेको छ, जहाँ आम्दानी असमानताको ठूलो खाल्टो छ । पर्यटन गतिविधि बढाउनका लागि पूर्वाधारहरूमा लगानी गर्नु महत्वपूर्ण हुन्छ भन्ने कुरामा कुनै विवाद नभए पनि यसको लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने कुरामा फरक दृष्टिकोण र बुझाईहरू त छँदै छन् । तर मेरो व्यक्तिगत दृष्टिकोण यहि हो कि मौलिक संस्कृति, सभ्यता, भौगोलिक विविधता र शान्ति नै नेपाली पर्यटन उद्योगको मूल आधार हुन्, जसलाई गोडमेल गरिरहन आवश्यक छ । यसको गोडमेलका लागि उपाय र साधनहरूको पहिचानले नै नेपाली पर्यटन क्षेत्रको बलियो जग बन्न सक्छ ।

नेपाली पर्यटन उद्योग होइन, पसल हो । केही बहुराष्ट्रिय होटलहरू नेपाली बजारमा प्रवेश गरेका छन् । आजकाल नेपाली पर्यटनसँग बेच्नका लागि ओछ्यान र भात बाहेक खासमा केही छैन् । यस अर्थमा केही छैन कि हामीसँग पर्यटकलाई टिपिकल नेपाली भनेर बेच्ने के नै पो छ र ? प्रकृति र संस्कृतिले हामीलाई वरदान नै दिएको थियो तर माल पाएर चाल पाएनौं, हिमाल, पर्वतारोहण र साहसी पर्यटनले धेरथोर नेपाली पर्यटनको जग धानिदिएको छ ।

विभिन्न कारणवश विश्व पर्यटन बजारमा नेपालको कुनै ब्रान्ड छैन् । बुद्धभूमि दर्शन गर्न आउने पाहुनाले हामीमाझ कहिँकतै लाइनमा बस्दा होस् वा बाटोमा हिँड्दा होस्, बुद्ध महसुस गर्न सक्दैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टको लाउन्जमा आफ्नो फ्लाइट टाइम पर्खिरहेको पाहुनालाई प्रहरीले थर्काए पनि हिमालले पाहुनाहरूलाई स्वागत गरिदिए कै भएर हो नेपाली पर्यटनले घिटिघिटी भए पनि सास फेरिरहेको छ। न शैली, न तालिम, न निगरानी छ । पाहुनाको सुरक्षा भगवान भरोसामा छ । साँच्चिकै उच्च गुणस्तरको नेपाली उत्पादनहरू मेड इन इन्डिया र मेड इन चाइनाको ट्याग लगाएर विश्वबजारमा छन् । विदेशी साथीहरू, उनीहरूका सन्तानहरूलाई म बेलाबेलामा नेपाल घुम्न आउने निम्तो दिइरहन्छु । अक्सर जवाफमा प्रश्नहरू हुन्छन् । नेपालमा के पाउँछ ? नेपालमा के छ ? नेपाल किन जाने ? विभिन्न देशका साथीहरूसँग कुरा भइरहन्छ । हिमालबाहेक अर्थोकका लागि खास्सै नेपाल सम्झिँदैनन् ।

नेपाली पर्यटनको प्रवद्र्धनसँग नेपालका हरेक विशेषताहरू जोडिएकै हुन्छन् र हुनुपर्छ । जुम्लामा फलेको रोज्जा स्याउ औसत मूल्यमा किनेर मेड इन इन्डियाको ट्यागमा भारतले बेच्न पाउनु हाम्रो राजनीतिक कमजोरी हो । इलामको चिया र कफी बगानमा भारतीय व्यापारीहरूको मोलमोलाई बुझेर उचित निर्णय लिन नसक्नु सरकारी एवम् राजनीतिक लापर्वाही हो । फेब्रिक उत्पादन एवम् बिक्री तथा व्यवस्थापनको हालत उस्तै छ । हाम्रा उत्पादनहरू जसले विश्वबजारमा नेपालको ब्रान्डिङ्ग गर्न सक्थे तिनले यतिबेला भारत चाइनाको ब्रान्डिङ्ग गरिरहेका छन् । हामीलाई त हाइसञ्चो नै छ । बिक्री गर्न मुस्किल थियो, राम्रै मूल्यमा बेचियो ।

हाम्रो पर्यटन अर्गानिक थियो । अब छैन, हुँदैन । हामीसँग हाम्रो भन्ने अब धेरै चीज बाँकी छैन । हाम्रो गास, बास, कपास हाम्रो रहेन । खेतबारी, करेसामा जेजे छन् ती हाम्रा होइनन्, रहेनन् । ज्युँदो राखिरहनु पर्ने संस्कृति लगभग औपचारिकतामा सीमित भैसक्यो । हामीबाट हाम्रै काँक्रा, फर्सीको बीऊ त जोगिएन, अब अरू ठूलो कुरा के गर्नु । संस्कृति नै हाम्रो जिउनी हो, लाइभ राखिरहन जरुरी थियो । जोगाउन त केही परेन हामीलाई । हिजोदेखि आजसम्म मास्दैमास्दै आयौं । सामाजिक मूल्यमान्यता, मौलिक विशेषता सबका सब बोइङ चढेर गए ।

हामीलाई भौगोलिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक विविधताले दिएको आर्शीवाद पचेन । अपसोच, आर्शीवाद कहिल्यै यथार्थ भएन पनि । आर्शीवादलाई यथार्थमा बदल्ने साँचो कर्म पनि त कहिल्यै गरेनौं। हाम्रो पर्यटन अर्गानिक थियो । अब छैन, हुँदैन । हामीसँग हाम्रो भन्ने अब धेरै चीज बाँकी छैन । हाम्रो गास, बास, कपास हाम्रो रहेन । खेतबारी, करेसामा जेजे छन् ती हाम्रा होइनन्, रहेनन् । ज्युँदो राखिरहनु पर्ने संस्कृति लगभग औपचारिकतामा सीमित भैसक्यो । हामीबाट हाम्रै काँक्रा, फर्सीको बीऊ त जोगिएन, अब अरू ठूलो कुरा के गर्नु । संस्कृति नै हाम्रो जिउनी हो, लाइभ राखिरहन जरुरी थियो । जोगाउन त केही परेन हामीलाई । हिजोदेखि आजसम्म मास्दैमास्दै आयौं । सामाजिक मूल्यमान्यता, मौलिक विशेषता सबका सब बोइङ चढेर गए । सन्तुलित धार्मिक अभ्यास संविधानले बेचेर खाइदियो ।

नीति निर्माणमा नेता र व्यापारीहरूको बिगबिगी भएपछि दिगो योजना र बलियो जग सम्भव नहुँदो रहेछ । दिगो योजना र बलियो जग नबसालिकन बेलाकुबेला ल्याइने ‘भिजिट नेपाल’ जस्ता योजनाहरूले केही नेपर्दैनन् । जबसम्म संस्कृतिको जगेर्ना, संरक्षण र प्रवद्र्धन हुँदैन तबसम्म केही हुँदैन । पुस्तौं पुस्ताका लागि पेन्सन हुन सक्थ्यो नेपाली पर्यटन तर काम गरे पो । काम ग¥यो भने नेपाली पर्यटन उद्योगको भविष्यमा कहिल्यै सूर्य अस्ताउने थिएन, ग्रहण लाग्ने थिएन ।

हरेक क्षेत्रमा राजनीतिले जरा गाडिएको छ । सँधै अस्थिर रह्यो, छ । अस्थिर राजनीतिले राजनीतिबाटै फुर्सद पाएन । अरु के देख्थ्यो । नीति निर्माणमा नेता र व्यापारीहरूको बिगबिगी भएपछि दिगो योजना र बलियो जग सम्भव नहुँदो रहेछ । दिगो योजना र बलियो जग नबसालिकन बेलाकुबेला ल्याइने ‘भिजिट नेपाल’ जस्ता योजनाहरूले केही नेपर्दैनन् । जबसम्म संस्कृतिको जगेर्ना, संरक्षण र प्रवद्र्धन हुँदैन तबसम्म केही हुँदैन । पुस्तौं पुस्ताका लागि पेन्सन हुन सक्थ्यो नेपाली पर्यटन तर काम गरे पो । काम ग¥यो भने नेपाली पर्यटन उद्योगको भविष्यमा कहिल्यै सूर्य अस्ताउने थिएन, ग्रहण लाग्ने थिएन ।

होइन अब उद्योग सुद्योगको के कुरा, पसलै चलाउने हो भने बेग्लै कुरा । पसल नै चलाउन पनि के बेच्ने भन्ने त हुनै प¥यो । बस र जहाजका टिकट बेचेर, होटलका ओछ्यान र भात बेचेर पर्यटन दिगो हुन सक्दैन । पसल चलाइराख्न सक्ने आधार पनि चाहियो । त्यसको पहिचान हुनु प¥यो । हामी सँधैजसो सपनामा छौं । यस्ता प्रकार र किसिम हुल बाँधेर उडिरहेका हुन्छन्, यस्तै प्रतित हुन्छ कि बेच्नका लागि हर चीजहरू यहिँ नजिकै उपलब्ध छन्, च्याप्प समातेर सोकेसमा सजाइ हालौं र बेचि हालौं । अहो, खरिद गर्नेहरूको उत्पात भिड देखिन्छ । मानौं, हामीले अपेक्षा राखे जत्तिकै सङ्ख्यामा हामीले चाहेजस्तै गुणस्तरीय पर्यटकहरू हाम्रो आँगनमा ओइरो लाग्लान्। र मानौं कि तिनले हामीसँग खरिद गर्न चाहने हरेक सुविधाहरू, आकर्षणहरू र वस्तुहरू हाम्रो सोकेसमा हामीले सजाइसकेका छौं, सपना न हो, सपनामा हरचीज व्यवस्थित र सुन्दर देखिनु नौलो र खास कुरा होइन।

कमेन्ट्स
Loading...