काठमाडौं :
विश्वभर राम्रो दर्शक बटुलिरहेको शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा छलाङ मारेको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोड भन्दा बढि कलेक्सन गरिसकेको छ ।
भारतीय बक्स अफिसमा बुधबार ५५ करोड भारुको ओपनिङ गरेको फिल्मले अहिलेसम्म ७०० करोड भारु क्रस गरेको हो । भारतिय समाचारका अनुसार पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड कटेको छ ।
फिल्ममा ‘पठान’मा शाहरुख खान , सलमान खानका अलवा दीपिका पादुकोण र जोन अब्राहम लगायतको अभिनय रहेको छ । पठान भारतीय हलमा दोस्रो सातामा चलिरहेको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मलाई नेपालमा समेत सर्वाधिक रुचाइएको छ ।