काठमाडौं :
बुधबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘पठान’ले नेपालमा उच्च शो पाएको छ । बलिउड सुपरस्टार शाहरुख खान अभिनित फिल्मले नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर गरी फिल्मलाई ९० शो पाएको छ।
नेपाली फिल्मले दर्शक तान्न नसकि रहेको बेला फिल्म ‘पठान’को ओपनिङ नै खत्रा बनेको छ । नेपालका अधिकांश हमाल अहिले फिल्मको टिकट बुकिङ आक्रामक देखिएको छ ।
यता बिग मुभिजले १५ शो, वान सिनेमाजको नयाँ बानेश्वर र कालिमाटीमा गरी २५ शो, एफक्यूबमा १४ शो, कीर्तिपुर सिनेप्लेक्सले ४ शो, रञ्जना सिनेप्लेक्सले ८ शो, क्यूज सिनेमाजले १२ शो, विएसआर मुभिजले ११ शो बाँडेपछि नेपाली फिल्मले अन्य शो नपाउने निश्चित देखिएको छ । नेपालमा शाहरुख खानको क्रेज निकै छ ।
