सुचना, समाचार र मनोरन्जन

के जेल बसेर बाहिरिएपछि महँगिएका हुन पल शाह ?

गत फागुन १५ गते अदालतबाट सफाइ पाएका पल शाह महँगिएका छन् । हालै एक संगीतकर्मीले आफ्नो भिडियो खेल्नका लागि एजेन्टमार्फत अफर गरेका थिए । पल शाहले आफ्नो पारिश्रमिक ३ लाख भनेर ति एजेन्टलाई फर्काइ दिए ।

उनको पारिश्रमिक र निमाण्ड बढेपछि यति बेला म्युजिक भिडियोका निर्मातालाई पल किन्न नसकिने भइयो भन्ने लागेको छ। पलले म्युजिक भिडियोमा ३ लाख, मेला महोत्सवमा ५ लाख,हेलिकप्टर चार्टर बाहेक र फिल्म खेलेको ५० लाख डिमाण्ड गरेको समाचार बाहिरिएको छ । जेलबाट बाहिरिएपछि पहिलो पटक रुकुम महोत्सवमा हेलिकप्टर चार्टर गरेका पुगेका थिए ।

जेल पर्नु अघिसम्म एक लाखमा भिडियो खेल्दै आएका शाहले बाहिर आएपछि ३ लाख पारिश्रमिक माग्न थालेपछि भिडियो निर्माता तथा निर्देशकलाई सिस्स बुढी खिस्स दाँत भने जस्तै भएको छ। हुन त पलले आफ्नो पुरानो क्रेज सम्झेर र युटुबर अघिपछि लागेको देखेर भाउँ बढाएका हुन् कि हल्ला मात्र हो ? त्यो कुरो कि त निर्माण पक्षलाई थाहा छ कि त पललाई । भिडियो धरासायी बनेको अवस्थामा थारै पारिश्रमिक मै काम गर्ने हो कि पल ?

##गसिप

कमेन्ट्स
Loading...