सुचना, समाचार र मनोरन्जन

पूजा र पलले नाचे ‘म यस्तो गीत गाउँछु २’को नेवारी गीतमा

काठमाडौं । ठाउँ तथा परिवेश अनुसार निर्देशक सुदर्शन थापा र उनको टिमले प्रदर्शन नजिकिदै गर्दा फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रचार प्रसार शैलीलाई फकर फरक तरिका अपनाइरहेका छन् ।

हिजो मात्रै थारु भाषाबाट फिल्मको प्रचार गीत सार्वजनिक गरेको यो टिमले बिहिबार नेवारी भाषामा प्रचार गीत सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको नेवारी भाषोको प्रचार शैली गीतको भिडियोमा पल शाह र पूजा शर्मा नचाइएको छ । यस गीतमा आश्रय रञ्जितको गीतमा कल्पना श्रेष्ठको स्वर र नरेश जोगीको शब्द तथा संगीत समावेश गरिएको छ ।

हरेक भाषा र क्षेत्रलाई समेट्दा नेपाली फिल्मको प्रचार प्रसार राम्रो हुने भएकाले फिल्मलाई ठाउँ अनुसार भाषाको गीत समवेश गरिएको निर्माण पक्षले जानकारी दिएको छ । यस भिडियोमा पल र पूजालाई नचाउने काम काजिश श्रेष्ठले गरेका हुन् ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds