सुचना, समाचार र मनोरन्जन

पुजा र पलको ‘चुपचाप जिन्दगी’

काठमाडौ । यस वर्षको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको गीत ‘चुपचाप जिन्दगी’ बोलको सार्वजनिक भएको हो ।

यस गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको छ । यस अघि यो फिल्ममा प्रमोशनल गीत थारु र नेवारी भाषाको सार्वजनिक भइसकेको छ । एक सातामा यो फिल्मले तीन ओटा गीत सार्वजनिक भइसकेको छ । सुदर्शन थापाले निर्देशनमा तयार भएको फिल्म‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेको फिल्ममा पुजाका अलवा पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।त्यस्तै फिल्मलाई बनिश शाह र मिलन श्रेष्ठको सम्पादन गरेका छन् भने सौरभ लामाको छायांकन रहेको छ । रामजी लामिछानेको कोरियोग्राफी र शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

कमेन्ट्स
Loading...