सुचना, समाचार र मनोरन्जन

पललाई रियल हिरो अफ दि इयर”बाट सम्मान , ७ केजिको माला

  •  
  •  
  •  
  •  

पछिल्लो समयका लोकप्रिय नायक हुन् पल शाह । अघिल्लो वर्ष देखि नै समाजसेवामा डटेर लागि परेका अभिनेता शाहलाई ‘रजतपट कोसेली अभियान’ले ‘रियल हीरो अफ दि इयर’ सम्मान गरेको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बिच पललाई सम्मान गरिने भनिएको थियो तर पल काठमाडौँ बाहिर भएकाले र कार्यक्रम नसकिदा सम्म नआइपुगेकाले पललाई मंगलबार सम्मान गरिएको छ।

कोरोना भाइरसको कारण भएको लकडाउनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

May be an image of 4 people and people standing

सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर रहेको कारण सम्मान लिन उनि नआएको सुवेदीले बताए ।

सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ ।

निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए ।

कमेन्ट्स
Loading...