सुचना, समाचार र मनोरन्जन

हेलिकप्टर चढेर रुकुम महोत्सव पुगे पल शाह : गाए दर्शकका अगाडी ‘तिमीलाई हेर्ने बानी पर्‍यो’

काठमाडौं : 

नाबालिका बलात्कार केसमा एक वर्ष जेल जिवन बिताएर सफाइ पाएका अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । बुधबार उनी रुकुममा जारी महोत्सवमा सहभागी खलंगा पुगेका हुन् ।

अभिनेता शाह बहिनी रोशनीसँगै हेलिकप्टर चढेर महोत्सवमा पुगेका थिए । उनले गीत त्यहाँ हजारौं दर्शकसामु केही गीत गाएर सुनाए ।
सोही क्रममा उनले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको आफ्ना दर्शकलाई बताए ।

उनका अनुसार ‘तिमीलाई हेर्ने बानी प¥यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेका हुन्। महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएर दर्शकलाई मनोरन्जन दिएका थिए ।

कमेन्ट्स
Loading...