सुचना, समाचार र मनोरन्जन

हङकङ उडान गर्ने यात्रुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने

काठमाडाैं । नेपाल वायुसेवा निगमले पुष २७ गते हङकङ उडान गर्ने यात्रुहरूलाई अनिवार्य कोरोना परीक्षण गर्न निर्देशन दिएको छ ।

निगमले शुक्रवार एक सूचना जारी गर्दै उडान समय पूर्वको ४८ घन्टाभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वाव कलेक्सन लिएको हुनुपर्ने बताएको हो ।

त्यसका लागि आइतवार (पुष २६ गते) आरटी/पीसीआर परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु जानुपर्ने बताएको छ ।

त्यसपछि प्रयोगशालामा राहदानी र निगमको हवाई टिकट देखाउनुपर्ने छ ।

त्यसपछि सोमवार (२७ गते) रिपोर्ट लिन जानुपर्ने समेत निगमले जनाएको छ ।

टेकुबाट आरटी/पीसीआर रिपोर्ट नेगेटिभ नतिजा भएको प्रमाणपत्र र सोही प्रयोगशालाले उपलब्ध गराउने व्यक्तिगत आवरण पत्र लिनुपर्ने छ ।

यति सबै प्रक्रिया पूरा गरेपछि मात्रै यात्रुहरूले हङकङ उडान भर्न सक्ने निगमले जनाएको छ ।

कमेन्ट्स
Loading...