एजेन्सी । विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएपछि विश्वभरका फुटबलप्रेमी दु:खी भएका छन् ।

यसैक्रममा उनका मित्र तथा प्रसिद्ध फुटबल हस्ती पेलेले म्याराडोनाको निधनप्रति शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आफूले महान् मित्र गुमाए्को बताएका छन् । ‘विश्वले एउटा महान् प्रतिभा गुमाएको छ,’ उनले लेखेका छन् ।
बुधबार हृदयघातका कारण ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको थियो । उनको परिवारलाई भगवानले शक्ति दिउन् भन्ने कामना गर्दै पेलेले लेखेका छन्‚ ‘म आशा गर्छु‚ एकदिन म्याराडोना र म माथि सँगै फुटबल खेल्नेछौं ।’