काठमाडौं :

रिलिज भएदेखि नै विवादमा आएको ‘पापाकी परी’ बोलको गीतको भिडियोबाट पेटिकोट लगाएर नाचिएको दृश्य र केही शब्द हटाइएको छ । अश्लील शब्द र पेटिकोटका दृश्यले गीत विवादमा मुछिएपछि गीतबाट विवादित दृश्यांश हटाएर पुनः युट्युवमा पोस्ट गरिएको हो । शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत मंगलबार रिलिज भएको थियो ।
भिडियोमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नाचेकी थिइन् । यस गीतकी गायिका पाठकले गीत हटाउन नहुने अडान रारख्दै आएकोमा अन्ततः हमालले गीतको शब्द र पेटिकोटको दृश्य हटाउन दबाव दिएका थिए । यता गीतकार हमालले गीतको शब्द र भिडियो हेर्दा आफू लज्जित भएको भन्दै आत्मालोचना गरेको बताए ।