सुचना, समाचार र मनोरन्जन

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

  •  
  •  
  •  
  •  

एजेन्सी ।

फिलिपिन्समा ८५ जना मानिसहरूलाई बोक्ने सैन्य विमान आइतबार बिहान दुर्घटना भएको छ। सेना प्रमुख जनरल सिरिलितो सोबेजानाले जलिरहेको सि-१३० विमानबाट ४० जनालाई उद्धार गरिएको छ। बाँकीको उद्धार कार्य भइरहेको छ।

दुर्घटनाको समयमा विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको जनाइएको छ। सोबेजानाले राहत र उद्धार टोलीहरू घटनास्थल पुगिसकेका छन्। यात्रारत वयक्ति भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए।

ति व्यक्तिहरू आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनु पर्ने थियो। ति टापुमा अपहरण गर्नु सामान्य मानिन्छ। त्यसैले त्यहाँ धेरै व्यक्तिहरू सुरक्षित रहन सिपाही हुने गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

कमेन्ट्स
Loading...