सुचना, समाचार र मनोरन्जन

‘फूलबारी’को ट्रेलरमा यस्तो भुमिकामा छन् दया र विपिन

काठमाडौं : 

यो वर्ष सुपरहिट फिल्म दिएका ‘कबड्डी ४’का निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरलाई मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो ।

४ मिनेट ९ सेकेन्ड लम्बाईको ट्रेलरमा बुढेसकालमा माता–पिताप्रतिको जिम्मेवारीबाट सन्तानहरु पन्छिन खोजेको कुरालाई देखाइएको छ ।
सार्वजनिक भएको ट्रेलरमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलाई प्रस्तुत गरिएको छ । यस ट्रेलरमा अभिनेत्री प्रियंका कार्कीलाई एक छुच्ची बुहारीको रुपमा देख्न सकिन्छ ।

फिल्ममा कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । यस फिल्मको निर्माता मनिष ढकाल र कार्यकारी निर्माता मणीराम पोखरेल रहेका छन् । फिल्म आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

कमेन्ट्स
Loading...