सुचना, समाचार र मनोरन्जन

गुण र दोशका आधारमा अहिलेको सरकारलाई समर्थन गरिन्छ : पियारी थापा

  •  
  •  
  •  
  •  

पोखरा / 

राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापाले गुण र दोशका आधारमा अहिलेको सरकारलाई समर्थन गरिने बताएकी छिन् । उनले सरकारको राम्रा काममा आफु र आफ्नो पार्टीले समर्थन गर्ने जानकारी गराइने । प्रदेश सभाको अधिवेशनमा बोल्दै उनले विपत व्यवस्थापनको कार्यशैलीमा परिणत गर्नुपर्ने आवश्यकतालाई औंल्याइन ।

विकासको नीतिलाई परिवर्तन गर्नुपर्ने उबनले बताइन् ।

केन्द्रिकृत मानसिकता बाट गरिएको गतिविधिका कारण सरकारको संयन्त्रलाई चलायमान गराउन नसक्नु दुखद पक्ष भएको उनको भनाई छ । व्यवस्था परिवर्तन भए पनि व्यवहारमा परिवर्तन नहुँदा वर्षेनी विपतमा नागरिकले दुर्घटना खेप्नुपर्ने उनले बताइन् । प्रत्येक वडावडामा राज्यको संयन्त्र भएकाले दु्रत गतिमा चलायमान बनाउन प्रदेश सरकारलाई उनको सुझाव छ ।

राष्ट्रिय राजनीतिमा परेका अन्यौलताका बाबजुत गण्डकी प्रदेश सरकार नयाँ नेतृत्वमा जानु सबल पक्ष भएको उनले बताइन् । राष्ट्रिय जनमोर्चा प्रतिगमनका विरुद्ध लाग्ने नीति बनाएको जानकारी उनले गराइन् । प्रदेश सरकार कोभिडविरुद्धको खोप व्यवस्थापन, बाढी पहिरोका कारण समस्यामा परेका परिवारलाई राहतको व्यवस्थापन, कोभिडका कारण विदेशबाट फर्किएकालाई रोजगारी सिर्जना बाटो तय गर्न , लोकतन्त्रको विधिपद्धती अनुरुप संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने आवश्यकतालई उनले औंल्याइन् ।

कमेन्ट्स
Loading...