सुचना, समाचार र मनोरन्जन

माधव नेपाल र प्रचण्डले जनताको अभिमतलाई उल्लंघन गर्नुभयो : प्रधानमन्त्री ओली

पोखरा /

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमतलाई उल्लंघन गर्न खोजेको आरोप लगाएका छन् ।

आज काठमाडौ पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ५ वर्षका लागि नेकपा एमालेलाई बहुमत दिएर पठाएको जनताको विश्वासमा नै माधव नेपालले कुठराघात गरेको बताए । एकीकृत रुपमा सरकार चलाउने चाहनाअनुरुप नेकपा एमाले र माओवादी मिलेर गठन गरिएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजनको संघारमा धकल्ने पनि माधव नेपाल र प्रचण्ड भएको उनले उल्लेख गरे । “एकीकृत ढंगले अगाडि बढ्ने बाटो समाऔं भन्दा वहाँहरुले नै अलगअलग बाटो समाउनुभयो । मैले त बाटो फुकाईदिएको हुँ ।

सच्चिन सुध्रिन मौका त अझै छ नि । मैले भनेकै छु त आउनुहोस् मिलेर सरकार चलाउ । जनताको हरेक सपनालाई पूरा गर्ने दायित्व हाम्रो छ । मिल्नु शिवाय अरु विकल्प छैन ।”, प्रधामन्त्री ओलीले भने । उनले नेकपा एमाले सिद्धान्त आधारित पार्टी भएको बताएका छन् । पार्टीलाई अनुशासित र सक्रिय संस्थाको रुपमा विकास गर्नतर्फ आफु कटिबद्ध रहेको ओलीले बताए ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाका विषयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी अर्काको नाममा भएकाले सदर हुन नसकेको बताए । “निर्वाचन आयोगले १५ दिन भित्र पुनः दर्ता गर्न बोलाएको थियो । पुनःदर्ताका लागि प्रचण्डसँग मैले सम्पर्क गर्न खोजें । तर वहाँ सम्पर्कविहिन हुनुभयो । फोन गर्दा उहाँले वास्ता गर्नुभएन । आज दोष मतिर थुपार्ने । यो कस्तो राजनीति हो ।”, प्रधानमन्त्री ओलीले भने । उनले आफ्नो र माधव नेपालको भेटमा जेठ २ गते अवस्थामा पुग्ने भनेर सहमति भएको जानकारी गराए ।

त्यो भनेको दर्ताको पूर्ववत अवस्थामा फर्किनु भएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने,“ हाम्रो एकीकरण अझै कायम छ । एकीकरण सहितको एमाले नाम मन्जुर गरिएको हो । राजनीतिक रुपमा हामी एकीकृत छौं । एकीकृत भएका साथीहरु पूर्वमाओवादीमा फर्किएनन् । यसलाई यसरी बुझौं ।” वैकल्पिक सरकारका लागि राष्ट्र«पतिले एकदिनको समय दिँदा यसलाई लिएर विभिन्न अनैतिक अभिव्यक्तिहरु प्रस्तुत भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्रीले विपक्षीलाई आज ५ बजेसम्म वैकल्पिक सरकार बनाउन बाटो खुल्ला गरिदिएको बताए । वैकल्पिक सरकार बनाएको खण्डमा आफ्नो र आफ्नो पार्टीको समर्थन रहने उनको भनाई थियो । शान्त तरिकाले प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । ओलीले अहिले नै चुनावमा देशलाई नलैजान आग्रह गरेका छन् ।

“नेकपा एमाले सर्वाधिक मत प्राप्त भएको पार्टी भएको हैसियतले पनि संविधानको रक्षाका लागि सबैभन्दा बढी कर्तव्य आफ्नो काँदमा भएको ठान्छ । लोकतन्त्रलाई तल माथि हुन दिइनेछैनौं ।”, प्रधानमन्त्री ओलीले भने ।

कमेन्ट्स
Loading...