पोखरा /
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमा राष्ट्रपतिलाई तपाई सम्म भन्ने सभ्यता नरहेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको औपचारिक वक्तव्य पढिसकेपछि यस्तो बताएका हुन् ।
सभापतीको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको तिमी, उनी, त्यसो गरिन् लगायतका भाषा प्रति उनको गुनासो थियो । सामान्तवाद प्रतिको दलाली गरेर आएका राजाका पक्षमा नै सभ्य भाषा बोल्ने मान्छेहरुले राष्ट्रपतिलाई गरिएको सम्बोधन निन्दनिय रहेको उनले बताए ।

उनले भने,“असभ्य तरिकाले बोल्नु विपक्षीको बहादुरी भएको महशुस भएको छ । अरुलाई तँ तिमी भन्नु बहादुरी ठान्छन् । मलाई अरु त चलेकै थियो । नेपाली कांग्रेसका सभापतीको पनि त्यस स्थरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराई र व्यापक्त्ता कहाँसम्म पुगेको छ भन्ने कुरा अचम्म लाग्दो छ ।”