सुचना, समाचार र मनोरन्जन

सिलिण्डर (कविता)

  •  
  •  
  •  
  •  

–त्रिभुवन पौडेल

नाम कर्ण शर्मा हजुर
काम मजदुरी
सखारै उठेको हुन्छु

घरमा सुतेका लालाबालाको
गाला र मुहार मुसार्दै
लाग्छु मजदुरी गर्न
गानोको प्रवाह नगरी बोक्छु

भरिएका÷खाली सिलिण्डरहरू
छाला फेरिए पनि चोला फेरिएको छैन्
डाढ र गर्दन गैंडाको जस्तो भइसक्यो

सिडिण्डर बोक्दा बोक्दै
अन्नपानीको ज्यान नै हो
लाग्यो मलाई रुघाखोकी
आयो मलाई ज्वरो

सल्कियो जहान परिवारलाई
जचाउँन लगेँ सरकारी अस्पताल
सबैले भने ‘कोरोना भयो’

अक्सिजन पाए मात्रै बचाउन सकिन्छ
छैन भनियो अक्सिजन
नजिकैको एउटा बन्द कोठामा
मेरै कम्पनीको मजदुर छि¥यो

आशा लाग्यो, सिलिण्डर बोकेर बाहिर आयो
बाहिर निस्केपछि भन्यो ‘तिमीलाई अक्सिजन छैन’
मेरी जहानको प्राणवायु उड्न थाल्यो

मैले सिलिण्डर हेरिरहेँ
उसले बोल्यो
कर्णे, हामीले फेर्ने हावा पनि
हुनेखानेले पहिला फेर्ने हुन
बचेखुचेको हामीले फेर्ने हो

मेरी आमा पनि अस्पतालको ओछ्यानमै छन्
अक्सिजन नपाएर मृत्युसँग लड्दै छन्
तिमीले जस्तै

म पनि यहाँ सिलिण्डर बोक्छु
आज मनदुर दिवस हो
आऊ सँगै सिलिण्डर बोकौं

सन्दर्भ : १ सय ३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस
पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।

कमेन्ट्स
Loading...