सुचना, समाचार र मनोरन्जन

कालीगण्डकी बचाउ अभियानमा ‘कालीगण्डकी’ कविता

  •  
  •  
  •  
  •  

सिँचाइले धान खेत झुलाएर फाँट
भोको पेट अघाएर आओस् नयाँ आँट
भनेर म काली बनी बग्छु निरन्तर
बिजुलीले झलमल्ल पार्छु गाउँघर ।
अग्लाअग्ला पुल बने मेरै छातीमाथि
यही हेर्न आएका छन् विदेशका साथी
ढुंगाभित्र सुन हुन्छ बालुवामा सुन
दिएकै छु मानिसलाई कति लगाऊँ गुन !
अझै पनि नपुगेर बालुवा र गिटी
खनी खोस्री बढाउँछौं सम्पत्ति र झिटी
भत्काउन नलाग ए, बरु लगाऊ बाँध
नमिच है अज्ञानी भै मेरो सीमा साँध ।
समुद्रमा पुग्छु भन्दै बग्छिन् सललल
नुहाएर पवित्र भै लिई जाऊ जल
कालीगंगा बचाउन मिलाऔं काँधमा काँध
नमिचौं है अज्ञानी भै यिनको सीमा साँध ।
ठोकिएर पहरामा बगेकी छु कतै
दुर्गन्धलाई बगाएर सफा पार्छु कतै
अझै पनि गुन देख्ने हैन मानिसले
प्रकृतिलाई हेप्यो भने दुस्ख पायो उसले।

– चिन्तु गिरी

कमेन्ट्स
Loading...